Like us!
Follow us!
Connect us!
Watch us!

गरिमा विकास बैंकको नयाँ ब्याजदर सार्वजनिक, बचत खातामा ९.५५ प्रतिशतसम्म ब्याज

अर्थ संसार

बुधबार, ३० चैत्र २०७८, ०७ : २२ मा प्रकाशित

गरिमा विकास बैंकको नयाँ ब्याजदर सार्वजनिक, बचत खातामा ९.५५ प्रतिशतसम्म ब्याज

गरिमा विकास बैंक लिमिटेडले नयाँ व्याजदर प्रकाशन गरेको छ । बैंकले विभिन्न खातामा भोलि (बैशाख १ गते, बिहिबार) बाट लागु हुने गरी नयाँ व्याजदर प्रकाशन गरेको हो ।

उक्त व्याजदर अनुसार बैंकले बचत खातामा न्यूनतम ६.५५ प्रतिशतदेखि अधिकतम ९.५५ प्रतिशतसम्म ब्याज दिनेछ । बैंकको मुद्दति निक्षेपको ब्याज न्यूनतम १०.४५ प्रतिशत देखि अधिकतम १२.५५ प्रतिशतसम्म तोकिएको छ । बैंकले रेमिट्यान्स बचत खाता र मुद्दति खातामा क्रमश ९.५५ र १२.५५ प्रतिशत ब्याज दिने छ । 

त्यस्तै, प्रकाशित भएको नयाँ ब्याजदर अनुसार बैंकको आधार दर ९.७६ प्रतिशत रहेको छ । 

बैंकले प्रकाशन गरेको नयाँ ब्याजदर यस प्रकारको छः
 

62562988e27d3.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको