Like us!
Follow us!
Connect us!
Watch us!

अब कारोबार समयमा फ्लोरसिट हेर्न नपाईने, ब्रोकरलाई डिस्प्ले खोल्न सेबाेनको निर्देशन

अर्थ संसार

बुधबार, ३० चैत्र २०७८, १३ : ०१ मा प्रकाशित

अब कारोबार समयमा फ्लोरसिट हेर्न नपाईने, ब्रोकरलाई डिस्प्ले खोल्न सेबाेनको निर्देशन

नियामक निकाय नेपाल धिताेपत्र बाेर्ड (सेबाेन) ले धितोपत्र दलाल व्यवसायीहरुको स्क्रिन एग्जिविशन कक्ष (Screen Exhibition Room) खाेल्न निर्देशन दिएकाे छ ।

विश्वव्यापी महामारीको रुप लिएको कोभिड १९ को जोखिमलाई मध्यनजर गर्दै धितोपत्र दलाल व्यवसायीको कार्यालयमा भिडभाड नहोस् भन्ने अभिप्रायले स्क्रिन एग्जिविशन कक्ष (Screen Exhibition Room) बन्द भइरहेको थियाे । 

हाल कोरोना भाइरसको संक्रमण दर न्यून भई नेपाल सरकारले कोरोना भाइरसको जोखिमको समयमा पूर्ण वा आंशिक रुपमा बन्द गरेका अधिकांश क्षेत्रमा प्रतिबन्धात्मक व्यवस्थालाई खुकुलो गरिसकेको हुनाले कोभिड १९ को न्यूनीकरणका लागि तोकिएको सुरक्षा व्यवस्थाहरुको पालना गर्ने/गराउने गरी धितोपत्र दलाल व्यवसायीहरुको Screen Exhibition Room सुचारु गर्न बोर्डले सम्पूर्ण धितोपत्र दलाल व्यवसायीहरुलाई निर्देशन दिएको हाे।

त्यसैगरी, कारोबार समयमा नै फ्लोर सिटमार्फत् कारोबारमा संलग्न धितोपत्र दलाल व्यवसायी तथा धितोपत्र व्यापारीको क्रम संख्या खुल्ने विवरण प्रवाह हुने गरेकोमा उक्त विवरण हटाउन सरोकारवाला पक्षबाट बोर्डमा सुझाव तथा गुनासो प्राप्त भएकोले धितोपत्र बजार संचालन नियमावली, २०६४ को नियम २७ को उपनियम (४) को प्रतिकुल नहुने गरी उक्त विवरण कारोवार समयपश्चात् प्रवाह गर्ने व्यवस्था गर्न समेत बोर्डले नेप्सेलाई पत्राचार गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको