Like us!
Follow us!
Connect us!
Watch us!

घट्दो बजारमा पनि किन बढिरहेको छ सोल्टी होटेल (SHL ) ?

बसन्त पाण्डे

आइतबार, ०४ बैशाख २०७९, १७ : ४५ मा प्रकाशित

घट्दो बजारमा पनि किन बढिरहेको छ सोल्टी होटेल (SHL ) ?

 ९ मार्च २०२२ मा नेप्से परिसूचक २५०० को बिन्दुसम्म आइपुग्यो। २५०० को बिन्दुमा सपोर्ट लिएर नेप्से बढ्न थाल्यो र २६८४ को बिन्दुसम्म पुग्यो। २६८४ को बिन्दुबाट बजार निरन्तर झर्न थाल्यो त २५०० को बिन्दुलाई पनि ब्रेक गर्दै तल खस्यो।  अहिले नेप्से परिसूचक २४०० को हाराहारीमा छ।  मार्च ९ कै दिन सोल्टी होटेलको मूल्य १९८ रुपैयाँसम्म झरेको थियो।  १९८ बाट बढ्न थालेको मूल्य बढेर २५० सम्म पुग्यो र २५० बाट घटेर २२० सम्म आयो।  त्यसपछि फेरी सोल्टीको मूल्य बढ्न थाल्यो र अहिले २३० को हाराहारीमा घुमिरहेको छ। नेप्से २६८० बाट घट्ने क्रममा पहिलेको लो २५०० लाई पनि ब्रेक गरेर तल आयो। तर सोल्टी २५० बाट घट्ने क्रममा २२० बाटै माथितिर लाग्यो। पहिलाको लो १९८ लाई ब्रेक गरेर तल गएको भए सोल्टी पनि डाउन ट्रेन्डमा छ भन्न सकिन्थ्यो तर घट्ने क्रममा पहिलेको लो भन्दा माथिबाटै फर्केकाले सोल्टी अपट्रेन्डमा देखिएको छ।  यहाँ महत्वपुर्ण कुरा के छ भने नेप्से डाउनट्रेन्डमा हुँदा पनि सोल्टी होटेलको सेयरमूल्य अपट्रेन्डमा रहेको स्पष्ट देखिएको छ।  

नेप्से डाउनट्रेन्डमा हुँदा पनि सोल्टीले किन समात्दैछ अपट्रेन्ड? 

नेप्से लगातार घटिरहेको छ तर सोल्टीको मूल्य बढ्दो ट्रेन्डमै छ। नेप्से परिसूचक घट्दो ट्रेन्डमा जाँदै गर्दा प्रायजसो कम्पनीको सेयरमूल्य डाउन ट्रेन्डमै छ। केहि औंलामा गन्न सकिने कम्पनीहरु मात्रै अपट्रेन्डमा रहेका देखिन्छन। ती मध्येको एउटा हो SHL। विश्वव्यापी कोभिड प्रभावका कारण होटेल सेक्टरका कम्पनीहरुको व्यापार ठप्प भएको थियो। व्यापार ठप्प हुँदै गर्दा प्राय: कम्पनीहरु घाटामा गहेका थिए। तर अहिले माहोल बदलिएको छ। होटेलहरुको व्यापार बढ्दै गईरहेको छ। व्यापार बढेसँगै होटेल सेक्टरका कम्पनीहरुका वित्तिय विवरणहरु आकर्षक बन्दै गईरहेका छन।  पछिल्लो समय प्रकाशित सोल्टी होटेलको त्रैमासिक रिपोर्टले आशा जगाएको छ। सो विवरणअनुसार होटेलको नाफा उल्लेख्य मात्रामा बढेको छ।  कम्पनीको नाफा अझै बढ्दै जाने र कम्पनीको वित्तिय विवरण आकर्षक देखिने अनुमानमा लगानीकर्ताहरुले खरिद चाप बढाउँदा कम्पनीको सेयर अपट्रेन्डमा देखिएको हो।  

त्यस्तै कोरोना संक्रमणको असर नगन्य भएसँगै कम्पनीलाई थप परिष्कृत गर्न र नयाँ प्रोजेक्ट संचालन गर्न सोल्टीले हकप्रद सेयर जारी गर्न लागेको हल्ला बजारमा फैलिएको छ। कम्पनीले हकप्रद जारी गरेमा मूल्य आकाशिने भन्दै लगानीकर्ताहरु सोल्टीको सेयरप्रति आकर्षित भएको एक अनुभवी लगानीकर्ता बताउँछन।  

अब कता जाला मूल्य ?

सोल्टीको सेयर मूल्य १९८ बाट बढेर २५० सम्म पुग्यो।  यदी हामी १९८ र २५०  लाइ आधार मानेर फ़िबोनासी लगाएर हेर्छौं भने ठ्याक्कै ०.६१८ को गोल्डेन रेसियोको लेभल २१९ बाट सोल्टीको सेयर मूल्य माथितिर जान थालेको देखिन्छ। सोल्टीको सपोर्ट ट्रेन्डलाइन २२५ को लेभलमा छ। अब मूल्य माथितिर जाने हो भने पहिलो टार्गेट  २५० मा र दोश्रो टार्गेट २७५ मा राख्न सकिनेछ।  डेली चार्टमा पिभोट २२५ को एरियामा छ।  २२५ भन्दा माथि माथि बसुन्जेल सोल्टीको मूल्य माथि जाने देखिन्छ। यदि क्लोजिंग बेसीसमा सेयर मूल्य २२५ भन्दा तल झर्छ भने पहिलो सपोर्टको एरिया २०० को लेभलमा छ।  
 

625c01e7cd54f.png

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको