Like us!
Follow us!
Connect us!
Watch us!

नोटबुक २०२१ सिरिज र रेड्मीबुक सिरिज नेपाली बजारमा सार्वजनिक

अर्थ संसार

सोमबार, ०५ बैशाख २०७९, १४ : ५० मा प्रकाशित

नोटबुक २०२१ सिरिज र रेड्मीबुक सिरिज नेपाली बजारमा सार्वजनिक

ग्लोबल टेक्नोलोजी लिडर शाओमीले मी नोटबुक २०२१ सिरिज र रेड्मीबुकसिरिज नेपाली बजारमा सार्वजनिक गरेको छ । प्रयोगकर्ताहरूको उत्पादक बढाउन समर्पित, अतुलनीय स्पीड, पर्फमेन्स र मिडिया अनुभवहरू प्रदान गर्ने मी नोटबुक अल्ट्रा र मी नोटबुक प्रो सरल डिजाइन र अत्याधुनिक प्रविधिको प्रयोग गरी डिजाइन गरिएको हो ।

आधुनिक डिजाइन, बलियो र गुणस्तरीय निर्माण भएको   रेड्मीबुक सिरिजमा १५.६ FHD​ डिस्प्ले, ११ औं GenIntel® Core™​ प्रोसेसर, ८ GB DDR$ #@))MHz RAM ​ रहेको कम्पनीले जनाएको छ । यसले मल्टिटास्करहरूलाई अप्टिमाइज्ड स्पेसिफिकेशनहरू साथलगातार ११ घण्टासम्मको ब्याट्री ब्याक अप प्रधान गर्ने जनाइएको छ  ।  

लन्चको बारेमा बोल्दै शाओमी नेपालका नयाँ कन्ट्री जेनेरल म्यानेजर,अमितकुमार पंडाले भने, “हामीले हाम्रो फोन–प्लस स्ट्राटेजीमाध्यान केन्द्रित गरेका छौं र अन्य इलेक्ट्रोनिक्स उत्पादनहरूमा गहिरो अध्ययन गरेका छौं। हाम्रा फ्यानहरूले व्यापक रूपमा मन पराईदिनु भएको पावरबैङ्क, इयरबड, स्मार्ट ब्यान्ड, स्मार्टवाच र स्मार्ट टिभी जस्ता प्रत्येक उत्पादनहरूसँग हामीले नवीनतम प्रविधिलाई ग्राहकमाझ पहुँच योग्य बनाउने लक्ष्य राखेका छौं।"

नेपाली बजारमा रेड्मीबुकको लन्चसँगै ल्यापटपको पर्फमेन्स र पोर्टेबिलिटीमा केन्द्रित गरेको कम्पनीले जनाएको छ ।  ल्यापटपहरू आधुनिक काम गर्ने/सिक्ने शैलीमा कार्यरत प्रयोगकर्ताहरूका लागि उत्तम विकल्प रहेको जनाइएको छ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको