Like us!
Follow us!
Connect us!
Watch us!

आइएमई पेकाे नयाँ योजना : हवाई टिकट काट्दा सर्वाधिक क्यासब्याक र ३ सयसम्म  छुट

अर्थ संसार

सोमबार, ०५ बैशाख २०७९, १७ : ४७ मा प्रकाशित

आइएमई पेकाे नयाँ योजना : हवाई टिकट काट्दा सर्वाधिक क्यासब्याक र ३ सयसम्म  छुट

आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्धित ‘ आइएमई  पे ’ ले हवाइ उडान टिकटको नयाँ योजना सार्वजनिक गरेको छ ।

पहिलो पटक आइएमई पे एप प्रयोग गर्ने सेवाग्राही वा पहिलो पटक आइएमई पे एपबाट हवाइ उडान टिकट काट्ने सेवाग्राहीहरुले आइएमई पे एप मार्फत हवाइ उडान टिकट काट्दा सर्वाधिक क्यासब्याकको साथै अतिरिक्त रू. ३०० छुट प्राप्त गर्ने प्रबन्ध मिलाइएको छ । 

नयाँ योजना अनुसार हवाई उडान टिकटमा ५०% सम्मको छुटदेखि लिएर नेपालको कैयौँ रमणिय गण्तव्यको फ्री हवाइ टिकट प्रदान गर्ने जस्ता योजनाहरु आईएमई पे ले ल्याउने गरको छ । 

योजनामा कम्पनीले निश्चित सेवा र शर्तहरू निर्धारण गरेको छ । पहिलो पटक आइएमई पे एप प्रयोग गर्ने सेवाग्राही वा पहिलो पटक आइएमई पे एपबाट हवाइ उडान टिकट काट्ने सेवाग्राहीहरुले मात्र यो अफर मार्फत छुट पाउँनेछन् भने फर्स्ट टाईम युजर्सहरुले आइएमई पे एपको पूर्व उल्लेखित क्यासब्याकको साथै रू. ३०० अतिरिक्त छुट पाउनेछन् । अरु प्रयोगकर्ताहरुले नियमित सर्वाधिक क्यासब्याकमा आइएमई पे एप मार्फत हवाइ उडान टिकट बुक गर्न सक्नेछन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको