Like us!
Follow us!
Connect us!
Watch us!

नबिल बैंकको नाफा घट्यो, प्रति शेयर आम्दानी २४ रुपैयाँ १६ पैसा

अर्थ संसार

मंगलबार, ०६ बैशाख २०७९, ०६ : ४४ मा प्रकाशित

नबिल बैंकको नाफा घट्यो, प्रति शेयर आम्दानी २४ रुपैयाँ १६ पैसा

नबिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशन गरेको छ । प्रकाशित विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद नाफा भने घटेको छ भने बैंकको खुद ब्याज आम्दानी बढेको छ। 

चैत्र मसान्त सम्म नबिल बैंकले  ३ अर्ब ३५ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको छ जुन गत आर्थिक वर्षको सोही  अवधिसम्ममा बैंकले ३ अर्ब ६७ करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। खुद ब्याज आम्दानी बढेको छ भने  बैंकको खुद नाफा घट्न पुगेको छ । तेस्तै  बैंकको निष्क्रिय कर्जा  ०.४८ प्रतिशतबाट बढेर १.१४ प्रतिशत पुगेको छ। 

बैंकको प्रतिशेयर आम्दानी २४ रुपैयाँ १६ पैसा देखिएको छ भने बैंकको प्रतिशेयर नेटवर्थ १९० रुपैयाँ २९ पैसा रहेको छ।  

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको