Like us!
Follow us!
Connect us!
Watch us!

लाभांश पारित गर्न सगरमाथा इन्स्याेरेन्सले डाक्याे साधारण सभा, बुकक्लाेज कहिले ?

अर्थ संसार

बुधबार, ०७ बैशाख २०७९, १० : ५६ मा प्रकाशित

लाभांश पारित गर्न सगरमाथा इन्स्याेरेन्सले डाक्याे साधारण सभा, बुकक्लाेज कहिले ?

सगरमाथा इन्स्याेरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ । कम्पनीकाे वैशाख ५ गते, साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे पच्चीसाैँ वार्षिक साधारण सभा वैशाख २८ गते, बुधबार, लैनचाैर ब्याङ्क्वेट, लैनचाैर, काठमाडाैँमा बिहान १०:३० बजेदेखि सुरू हुनेछ । 

सभामा कम्पनीको फागुन १२ गते बसेको सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १.०५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि वैशाख १६ गतेदेखि वैशाख २८ गतेसम्म बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले, वैशाख १५ गतेसम्म नेप्सेमा काराेबार भई कायम हुने शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।  

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

625f9a765ac8a.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको