Like us!
Follow us!
Connect us!
Watch us!

अर्थमन्त्री शर्मालाई राजीनामाको नैतिक दबाब : विश्वप्रकाशले सम्झाए तिलक रावल प्रकरण

अर्थ संसार

बुधबार, ०७ बैशाख २०७९, १३ : १८ मा प्रकाशित

अर्थमन्त्री शर्मालाई राजीनामाको नैतिक दबाब : विश्वप्रकाशले सम्झाए तिलक रावल प्रकरण

गभर्नरलाई कारबाही नगर्न आएको सर्वोच्चको आदेशसँगै निलम्बन गर्ने निर्णय गरेका अर्थमन्त्री शर्मालाई नैतिकताको आधारमा राजीनामा दिन चौतर्फी दबाब परेको छ । सर्वोच्च अदालतले मंगलबार राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई हटाउन सरकारले गरेको निलम्बनको कारबाही तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो । 

यो संगै नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पनि अर्थमन्त्री जनार्दन शर्मालाई राजीनामा दिन सुझाएका छन् । उनले विगतमा कांग्रेस नेता महेश आर्चायले आफू अर्थमन्त्री हुँदा हटाइएका गभर्नर तिलक रावललाई सर्वोच्चले पुनर्वहाली गरेपछि राजीनामा दिएको उल्लेख गरेका छन् । 
महामन्त्री शर्माले तत्कालीन अर्थमन्त्री महेश आचार्यको तस्बिर ट्वीटरमा पोष्ट गर्दै लेखेका छन् । ‘बेलाबेला यस्तो तस्वीर पोस्ट गर्न पाइयोस् र भन्न सकियोस्– नैतिक मूल्यको प्रस्तुतिले नै सुन्दर बन्दै जान्छ राजनीति’, महामन्त्री शर्माले लेखेका छन्, ‘समयले सम्झना गरिरहेको छ कांग्रेस नेता महेश आचार्यलाई, जसले आफ्नो प्रस्तावमा सरकारले गरेको गभर्नर बिदाईको निर्णय अदालतले उल्ट्याएपछि अर्थमन्त्रीबाट राजीनामा दिनुभयो ।’

पहिलेदेखि नै अर्थमन्त्रीको राजीनामाको विषय उठाईरहेको नेपाली कांग्रेसले यो प्रकरण पछि विषयलाई झन सशक्त रुपले उठाउने कुरा महामन्त्री शर्माको ट्वीटबाट प्रष्ट जस्तै भएको छ । यदि कांग्रेस भित्र राजीनामाको विषय चर्कोरुपमा उठेमा अर्थमन्त्री शर्मालाई नैतिक संगै राजनीसितक दवाब पनि पर्ने देखिन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको