Like us!
Follow us!
Connect us!
Watch us!

तरलता अभावले बीमा क्षेत्रमा ठूलो संकट पैदा गर्याे : सिईओ, गुराँस लाइफ इन्स्योरेन्स

अर्थ संसार

विहीबार, ०८ बैशाख २०७९, १७ : ५१ मा प्रकाशित

गुराँस लाइफ इन्सोरेन्सका प्रमुख कार्यकारी अधिकृत (सिईओ) विपिन कुमार लालले आर्थिक सुरक्षाको लागी बीमा अति आवश्यक रहेको बताएका छन् । उनले सबैलाई यसको बारेमा बुझाउन बीमा समिती र कम्पनीहरु प्रयासरत रहेपनि त्यो कार्य पुरा हुन नसकेकोमा जोड दिए । साथै बीमाहरुको नियामक संस्था बीमा समितीले यस क्षेत्रको विकासको लागी निरन्तर कार्य गरीरहेको पनि उनको भनाई थियो ।

अझै पनि बिमा कम्पनीहरु राजधानी र सहर केन्द्रीत रहेको कुरा उनीहरुको इच्छाले नभई बाध्यता भएको उनकाे दाबी छ । ग्रामिण र दुर्गम क्षेत्रमा सुरक्षा अभावका साथै बैंकिङ पहुच बढाउन सके कम्पनिहरु सबै ठाँउमा पुग्ने उनी बताउँछन् । उनका अनुसार बीमाकाे तिव्र विकासका लागी सरकारले बिमालाई बाध्यकारी बनाउन पनि आवश्यक छ ।

बीमा कम्पनीहरुको संख्या भन्दा पनि गुणस्तर वृद्धी हुनुपर्नेमा जोड दिएका उनले बीमा समितीको ५ अर्ब रकम पुर्याउनुपर्ने नीती सबै जीवन बिमा कम्पनीका लागी बाध्यकारी भएको बताए ।

दुग्गड ग्रुपद्धारा सञ्चालित गुरास लाइफ इन्सोरेन्सले विगत १४ वर्षदेखि सेवा दिईरहेको र प्राप्त सेवाबाट ग्राहकहरु सन्तुष्ट रहेको प्रमुख कार्यकारी अधिकृत विपिन कुमार लाल बताउँछन् । अहिले देखिएको आर्थिक तरलता अभावले बीमा क्षेत्रमा पनि ठुलो संकट पैदा गरेको र प्रिमियम कलेक्सनमा केही कमी देखिएको भएपनि यो समस्या लामो समयसम्म नरहन उनको विश्वास छ ।

गुरास लाईफ इन्सोरेन्सले अहिले विभिन्न खालका बीमा योजना सञ्चालन गरीरहेको र तिनमा ४० देखि ८१ प्रतिशतसम्म बोनस सुविधा दिने गरेको उनी बताँउछन । आफुहरुले बिमितहरुको भुक्तानी पनि समयमै गर्ने गरेको उनको भनाई छ ।

उनीसँग गरिएकाे भिडियाे कुराकानी तल प्रस्तुत गरिएकाे छ : 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको