Like us!
Follow us!
Connect us!
Watch us!

नेकपा एमालेले सार्वजनिक गर्यो चुनावी घोषणापत्र

अर्थ संसार

शुक्रबार, ०९ बैशाख २०७९, १५ : २२ मा प्रकाशित

नेकपा एमालेले सार्वजनिक गर्यो चुनावी घोषणापत्र

नेकपा एमालेले स्थानीय तह निर्वाचन २०७९ को चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । तुलसीलाल स्मृती प्रतिष्ठान च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गरेका हुन् । 

एमालेले केन्द्रबाट चुनावी घोषणापत्र र ७५३ वटै पालिकामा चुनावी प्रतिवद्धता सार्वजनिक गरेको हो ।  एमालेले सार्वजनिक गरेको घोषणापत्रमा विगत सरकारमा गरेका काम र आगामी गर्ने कामका विषयवस्तु समेटिएका छन् । 

घोषणापत्रमा कृषि, स्वास्थ्य, गुणस्तरीय शिक्षा, खानेपानी, आधुनिक उर्जा, औद्योगीकरण, आर्थिक वृद्धि, रोजगारी, जेष्ठ नागरिक, बालबालिका, विकास र वातावरणको सन्तुलन नेताहरुले जानकारी दिए । त्यस्तै घोषणापत्रमा एमालेको नेतृत्व रहेका पालिकाहरु सुशासनका नमुना बन्ने भन्दै भ्रष्टाचारीलाई कानुनी कारवाहीको दायरामा ल्याउन अग्रणी भूमिका निर्वाह गर्ने बताईएको छ । 

वर्तमान सत्ता गठबन्धन मुलुकको अग्रगतिमा बाधक बनेकोले यसको बहिर्गमन अनिवार्य भएको एमालेको घोषणापत्रको निष्कर्ष छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको