Like us!
Follow us!
Connect us!
Watch us!

मेयर बन्न मन्त्री पद त्याग

अर्थ संसार

शुक्रबार, ०९ बैशाख २०७९, १६ : ४५ मा प्रकाशित

मेयर बन्न मन्त्री पद त्याग

मेयर पदमा चुनाव लड्न मधेश प्रदेशका एक मन्त्रीले राजीनामा दिने तयारी गरेका छन् । एकीकृत समाजवादीबाट चार महिनाअघि  कानुन, न्याय तथा प्रदेश सभा मामिलामन्त्री बनेका प्रमोदकुमार यादवले पदबाट राजीनामा दिने तयारी गरेका हुन्। सिरहा नगरपालिकाको मेयरको उम्मेदवार बन्न यादवले आफूले राजीनामा दिने मनस्थिति बनाएको बताए ।

मन्त्री र मेयरको पद सानो ठूलो जे भए पनि मेयर बनेर जनताको सेवा गर्ने इच्छा रहेको उनको भनाइ छ। ‘त्यहाँका जनता, शुभचिन्तक, साथीभाइ, व्यवसायीको मनसाय रहेकाले मेयरमा लड्न मन्त्री पदबाट राजीनामा दिने मनस्थिति बनाएको छु’, उनेले भने, ‘आज रातिसम्म राजीनामा दिन सक्छु।’

एकीकृत समाजवादीबाट सिरहाको मेयर पदमा उनको मात्र नाम सिफारिस भएको छ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको