Like us!
Follow us!
Connect us!
Watch us!

देशभर स्थानीय तह निर्वाचनको उम्मेदवारी दर्ता सुरू

अर्थ संसार

आइतबार, ११ बैशाख २०७९, ११ : ४६ मा प्रकाशित

देशभर स्थानीय तह निर्वाचनको उम्मेदवारी दर्ता सुरू

स्थानीय तहको निर्वाचनका लागि देशभर उम्मेदवारी दर्ता प्रक्रिया सुरू भएको छ । निर्वाचन आयोगले आज र भोलि दुई दिन उम्मेदवारी दर्ताको समय तोकेको छ । आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उमेदवारी दर्ताको समयसीमा तोकिएको छ । त्यस्तै, भोलि बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता हुने आयोगले जनाएको छ । 

देशभरका ७५३ वटै स्थानीय तहमा उम्मेदवारी दर्ता गर्न थालिएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए । मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारी दर्ता गर्न शुरू गरेका हुन्। 

गत निर्वाचनमा एकै दिन उम्मेदवारी दर्ता गर्न समय अपुग भएकाले यस पटक दुई दिन दिइएको आयोगले जनाएको छ। 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको