Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंकको वार्षिकउत्सव : अर्थमन्त्रीलाई इगनोर

अर्थ संसार

बुधबार, १४ बैशाख २०७९, १३ : १५ मा प्रकाशित

राष्ट्र बैंकको वार्षिकउत्सव : अर्थमन्त्रीलाई इगनोर

नेपाल राष्ट्र बैंकले  बुधबार ६७ औं वार्षिकउत्सव मनाई रहेको छ ।     वार्षिकउत्सवमा अर्थमन्त्री जनार्दन शर्मालाई खबर दिएको छैंन । विशेष गरी हिजोदिनहरुमा राष्ट्र बैंकको वार्षिकउत्सवमा अर्थमन्त्री प्रमुख अतिथि हुने गरिरिन्थयो ।  

अर्थमन्त्रालयका एक उच्च कर्मचारीको अनुसार वार्षिकउत्सव कार्यक्रममा अर्थमन्त्री शर्मालाई भने निमन्त्रणा नै छैन् । 'मन्त्रीलाई बोलाइएको छैन्, नबोलाएको ठाउँमा जानु पनि भएन उनले' भने । 

अर्थमन्त्री शर्माको सिफारिसमा गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बित गरिएपछि गभर्नर र अर्थमन्त्रीबीच बोलचाल नै बन्द छ । 

 २ बजेबाट सुरु भएको वार्षिकउत्सवमा नेपाल राष्ट्रको संचालक समितिको अध्यक्ष एवम् गभर्नर महाप्रसाद अधिकारीको विशेष प्रमुख आथित्यमा  वार्षिकउत्सव भैरहेको छ ।  

गभर्नर अधिकारीलाई सर्वोच्च अदालतले कुनै कारबाही नगर्न र यथास्थितिमा राख्न आदेश दिएपछि उनी पुनबहाली भएका थिए । सर्वोच्च अदालतले वैशाख १३ गतेसम्मका लागि गभर्नरलाई नहटाउन भनेको थियो । बैशाख १३ गते अर्थात हिजो सर्वोच्च अदालतले दुवैपक्षलाई बोलाएको थियो । अहिले गभर्नरको मुद्धा सर्वोच्च अदालतको ‘हेर्दा हेर्दै’ मा राखिएको छ । उक्त मुद्धाको सुनुवाई भोली बिहीबार हुने भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको