Like us!
Follow us!
Connect us!
Watch us!

सशस्त्र प्रहरी बल र राष्ट्रिय वाणिज्य बैंक बीच तलबी खाता तथा कर्जा सुविधा प्रदान गर्ने सम्झौता

अर्थ संसार

बुधबार, १४ बैशाख २०७९, १७ : ३८ मा प्रकाशित

सशस्त्र प्रहरी बल र राष्ट्रिय वाणिज्य बैंक बीच तलबी खाता तथा कर्जा सुविधा प्रदान गर्ने सम्झौता

सशस्त्र प्रहरी बल र राष्ट्रिय वाणिज्य बैंक लिमिटेड बीच तलबी बचत खाता संचालन तथा कर्जा कारोवार लगायतका बैंकिङ्ग सुविधा प्रदान गर्ने सम्वन्धमा  सम्झौता भएको छ । सम्झौता पत्रमा सशस्त्र प्रहरी नायव महानिरीक्षक बिदुर खड्का र बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारीले हस्ताक्षर गरेका हुन ।

सशस्त्र प्रहरी बल नेपालमा कार्यरत राष्ट्रसेवकहरुले पाउने तलव भत्ता तथा आर्थिक सुविधाहरु अनिवार्य रुपमा बैंक खाता मार्फत भुक्तानी गर्नुपर्ने छ । साथै सम्झौतामा सशस्त्र प्रहरी कर्मचारीहरुले विना धितो ५ वर्षका लागि अधिकतम रु. १५ लाख सम्मको ऋण सुविधा पाउने छन । बैंकले प्रदान गरिरहेको अन्य विविध सुविधाहरु समेत पहिलो वर्षको लागि निःशुल्क र त्यसपश्चात न्यून शुल्कमा उपभोग गर्न पाउने छन् । 

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत श्री किरण कुमार श्रेष्ठले ७ प्रदेश ७७ जिल्लामा नै शाखा रहेको यस वैंकले सशस्त्र प्रहरी बल नेपालसँग सहकार्य गर्न पाउँदा आफूलाई अत्यन्तै खुशी लागेको बतायो । सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम के.सी.ले संगठनले विभिन्न कल्याणकारी योजनाहरु मार्फत राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुलाई विभिन्न सुविधाहरु प्रदान गर्दै आईरहेको उल्लेख गरे । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बाणिज्य बैंकसँग भएको यस सम्झौता सँगै सशस्त्र प्रहरी कर्मचारीहरुले उक्त बैंकले प्रदान गरिरहेको विभिन्न सुविधा लगायत कर्जा सुविधा समेत न्यून शुल्कमा पाउने बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको