Like us!
Follow us!
Connect us!
Watch us!

निफ्राले नेपाल वेयर हाउजिङको ५ लाख कित्ता सेयर किन्ने

अर्थ संसार

शुक्रबार, १६ बैशाख २०७९, ११ : ०८ मा प्रकाशित

निफ्राले नेपाल वेयर हाउजिङको ५ लाख कित्ता सेयर किन्ने

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) र नेपाल वेयर हाउजिङ कम्पनी बीच हिजाे बिहीबार सेयर लगानी सम्झौता भएको छ। निफ्राले नेपाल वेयर हाउजिङको नाममा रहेको ५ करोड रुपैयाँ बराबरको ५ लाख कित्ता सेयर खरीद गर्ने सम्झौता गरेको हो। 

सो सम्बन्धित सम्झौतापत्रमा निफ्राका नायब महाप्रबन्धक सूर्यबहादुर तामाङ र नेपाल वेयर हाउजिङका प्रमुख कार्यकारी अधिकृत जयमुकुन्द खनालले हस्ताक्षर गरेका छन्। 

यो रकम कम्पनीको कुल जारी पूँजी ६८ करोड ७५ लाख रुपैयाँको ७ दशमलव २७ प्रतिशत बराबर हुन आउँछ । कम्पनीले कुल जारी पूँजीको ८० प्रतिशतले हुन आउने ५५ करोड रुपैयाँ बराबरको ५५ लाख कित्ता साधारण सेयर विभिन्न संस्थागत र व्यक्तिगत लगानीकर्तालाई बिक्री गरेको छ।बाँकी २० प्रतिशतले हुन आउने १३ करोड ७५ लाख रुपैयाँ बराबरको १३ लाख ७५ हजार कित्ता साधारण सेयर प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मार्फत सर्वसाधारणलाई बिक्री गर्ने लक्ष्य राखेको छ। 

नेपाल वेयर हाउजिङ खाद्यान्न भण्डार गृह निर्माण गरी कृषकहरुले उत्पादन गरेका खाद्यान्नलाई भण्डारण गर्ने सुविधा प्रदान गर्ने उद्देश्यले स्थापना कम्पनी भएको हो। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको