Like us!
Follow us!
Connect us!
Watch us!

समृद्धि फाइनान्स र होटेल गढी भिउ एण्ड रिसोर्टबीच सम्झौता

अर्थ संसार

शुक्रबार, १६ बैशाख २०७९, १७ : ०४ मा प्रकाशित

समृद्धि फाइनान्स र होटेल गढी भिउ एण्ड रिसोर्टबीच सम्झौता

समृद्धि फाइनान्स कम्पनी लिमिटेड र होटेल गढी भिउ एण्ड रिसोर्ट प्रा.लि., मकवानपुर बीच आज एक सम्झौता भएको छ । यो सम्झौता पछी समृद्धि फाइनान्सका ग्राहकहरुलाई होटेल गढी भिउ एण्ड रिसोटले जिप लाईनमा ३०% र फुड र बेभरेजमा १०% छुट दिने भएको छ ।

मकवानपुरगढीमा रहेको यो ठाउँ पर्यटकिय स्थलको रुपमा फस्टाउदै गएको छ । यो सुविधाबाट फाइनान्सका सम्पुर्ण ग्राहकहरु लाभान्वित हुने विश्वास फाइनान्सका व्यवसाय प्रवद्धन विभागका अधिकृत सुरज कुमार सर्राफले जनाएका छन् । सो सम्झौता पत्रमा फाइनान्स कम्पनीका तर्फबाट हेटौडा शाखा प्रमुख राजन शर्मा र होटेल गढी भिउ एण्ड रिसोर्ट प्रा.लि. का तर्फबाट होटेलका अध्यक्ष दिलिप घिमिरेले हस्ताक्षर गरेका हुन् ।

फाइनान्सले मुद्दति निक्षेपमा सर्वाधिक १२.२५%, र बचत निक्षेपमा अधित्तम १०% सहित आर्कषक व्याजदरसहितका विभिन्न बचत खाताहरु समेत सञ्चालनमा ल्याएको छ । फाइनान्सले हाल पाँच ओटा शाखाबाट सेवा प्रवाह गर्दै आएको र शाखा सञ्जाल विस्तार गर्दै चाँडै नै जनकपुर, इटहरी र बनेपामा पनि शाखा सञ्चालन हुने जनाएको छ । 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको