Like us!
Follow us!
Connect us!
Watch us!

एकैदिन एक हजारले घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

अर्थ संसार

मंगलबार, २० बैशाख २०७९, १० : ५७ मा प्रकाशित

एकैदिन एक हजारले घट्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

आज (मंगलबार) पनि नेपाली बजारमा सुनको मूल्यले ओरालो यात्रा तय गरेको छ । हिजो सोमबार गिरावट आएको सुनको मूल्यले आज पनि ओरालो यात्रा तय गरेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो (सोमबार) छापावाल सुन प्रतितोला ९८ हजार २ सय रुपैयाँमा कारोबार भएकोमा आज १ हजार रुपैयाँले घटेर तोलाको ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको छ । 

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९६ हजार ७ सय रुपैयाँ कायम भएको छ । 

त्यस्तै, आज मंगलबार चाँदीको मूल्य भने स्थिर रहेको छ । हिजो सोमबार १ हजार ३ सय रुपैयाँमा करोबार भएको चाँदीको मूल्य आज पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको