Like us!
Follow us!
Connect us!
Watch us!

५५.८८ प्रतिशतले बढ्याे मानुषी लघुवित्तको नाफा, कस्ता छन् अन्य सूचक ?

अर्थ संसार

बुधबार, २१ बैशाख २०७९, १३ : ५२ मा प्रकाशित

५५.८८ प्रतिशतले बढ्याे मानुषी लघुवित्तको नाफा, कस्ता छन् अन्य सूचक ?

मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को तेश्राे त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । 

उक्त विवरण अनुसार चालु आर्थिक वर्षको तेश्राे त्रैमाससम्म आइपुग्दा संस्थाले १ करोड ८६ लाख ५० हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा ५५.८८ प्रतिशतले धेरै हाे । गत वर्षको यसै अवधिमा संस्थाले १ करोड १९ लाख ६४ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिसम्म संस्थाकाे खुद व्याज आम्दानी पनि १५.९८ प्रतिशतले बढेर ७ करोड ६ लाख २९ हजार रूपैयाँ पुगेकाे छ । गत वर्षको यसै अवधिमा संस्थाकाे खुद व्याज आम्दानी ६ करोड ८ लाख ९८ हजार रूपैयाँ रहेकाे थियाे ।

तेश्राे त्रैमाससम्म आइपुग्दा संस्थाको सञ्चालन मुनाफा पनि ५६.८७ प्रतिशतले बढेर ३ करोड १२ लाख ८० हजार रूपैयाँ पुगेकाे छ । गत वर्ष संस्थाले १ करोड ९९ लाख ४० हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो । 

त्यस्तै, संस्थाको चुक्ता पुँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँ र जगेडा कोषमा ५ करोड २६ लाख ९६ हजार रुपैयाँ सञ्चित रहेको छ । संस्थाकाे प्रतिसेयर आम्दानी (ईपीएस) ३४ रूपैयाँ १० पैसा र प्रतिसेयर नेटवर्थ १४८ रुपैयाँ १८ पैसा रहेकाे छ ।

संस्थाले सार्वजनिक गरेकाे वित्तीय विवरण यस प्रकारकाे छ :

62723536a9729.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको