Like us!
Follow us!
Connect us!
Watch us!

मानुषी लघुवित्तले डाक्याे साधारण सभा, यस्ता छन् पारित हुने ६ एजेन्डा

अर्थ संसार

विहीबार, ११ जेठ २०८०, १० : ४१ मा प्रकाशित

मानुषी लघुवित्तले डाक्याे साधारण सभा, यस्ता छन् पारित हुने ६ एजेन्डा

मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ । संस्थाकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार संस्थाकाे चाैथाे वार्षिक साधारण सभा जेठ ३२ गते, बिहीबार, दिव्यश्वरी पार्टी प्यालेस, एन्ड क्याटरिङ, लोकन्थली भक्तपुरमा बिहान १०:३० बजेदेखि सुरू हुनेछ ।

संस्थाले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीहरूलाइ कुनै प्रकारकाे लाभांश प्रस्ताव गरेकाे छैन । संस्थाले साधारण सभा प्रयाेजनका लागि जेठ १८ गते बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले जेठ १७ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा काराेबार भई कायम हुने सेयरधनीहरूले मात्रै सभामा भाग लिन सक्नेछन् ।

चौथो वार्षिक साधारण सभाको छलफलका विषयहरू:

(क) साधारण प्रस्तावहरुः

१. आ.व. २०७८ / ०७९ को चौथो वार्षिक साधारण सभाको लागि संचालक समितिको तर्फबाट अध्यक्ष ज्युले प्रस्तुत प्रतिवेदन माथि छलफल गरी पारित गर्ने सम्बन्धमा ।

२. लेखापरीक्षकको प्रतिवेदन सहितको मिति २०७९ आषाढ मसान्तको वासलात, आ.व. २०७८ / ०७९ को नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण र सोही अवधिको वार्षिक वित्तीय विवरणसंग सम्बद्ध अनुसूचीहरु समेत छलफल गरी पारित गर्ने सम्बन्धमा ।

३. बैंक तथा वितीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ६३ र कम्पनी ऐन २०६३ को दफा १११ अनुसार यस वितीय संस्थाको आ.व. २०७९/०८० को लेखापरीक्षक नियुक्ति गर्ने र पारिश्रमिक निर्धारण गर्ने सम्बन्धमा । (लेखापरिक्षक श्री सि.ए. हेम कुमार काफ्ले एच.डि.एस.डि एसोसियट्स पनि योग्य हुनु हुन्छ)

४. आ.व. २०७९/०८० मा सर्वसाधारण शेयरधनीको तर्फबाट संचालक समितिका नयाँ सदस्यको नियुक्ति तथा अनुमोदन गर्ने सम्बन्धमा ।

५. विविध ।

(ख) विशेष प्रस्तावहरुः

१. प्रबन्धपत्र र नियमावली संशोधन सम्बन्धमा नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रारको कार्यालय नेपाल धितोपत्र बोर्ड तथा अन्य नियमकारी निकायहरुबाट स्वीकृत गराउनको लागि आवश्यकता अनुसार कुनै विषयमा संशोधन एवं परिवर्तन गर्न, निर्देशन भएमा सो समेत मिलाई संशोधन एवं परिवर्तन गर्ने लगायतका अन्य सम्पूर्ण कार्य गर्न गराउन संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने सम्बन्धमा ।

२. कुनै पनि लघुवित्त वित्तीय संस्था संग एक आपसमा गाभ्ने गाभिने (Merger ) तथा प्राप्ती / समाहित (Acquisition) हुने प्रयोजनका लागि उपयुक्त लघुवित्त वित्तीय संस्थाको पहिचान गर्ने, सहमति पत्र (Memorandum of Understanding) मा हस्ताक्षर गर्ने सो का आधारमा सैद्धान्तिक स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा निवेदन दिने, सम्पति तथा दायित्वको मुल्याङ्कन ( Due Diligence Audit) गर्न, परामर्शदाता मुल्याङ्कनकर्ता, लेखापरीक्षक नियुक्ति गर्न र निजको पारिश्रमिक निर्धारण गर्न, अन्य वित्तीय संस्थाहरुको शाखाहरु खरिद तथा प्राप्ती गर्ने लगायतका कार्यहरु संग सम्बन्धित आवश्यक कार्यहरु गर्नका लागि संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने सम्बन्धमा ।

३. विविध ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको