Like us!
Follow us!
Connect us!
Watch us!

मानुषी र श्रृजनशील लघुवित्तबीच मर्जर सम्झौता, यसै आर्थिक वर्षभित्र मर्जर प्रक्रिया सक्ने लक्ष्य

अर्थ संसार

शुक्रबार, ०३ चैत्र २०७९, १० : १९ मा प्रकाशित

मानुषी र श्रृजनशील लघुवित्तबीच मर्जर सम्झौता, यसै आर्थिक वर्षभित्र मर्जर प्रक्रिया सक्ने लक्ष्य

मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेड र श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडबीच मर्जर सम्झाैता भएको छ । हिजाे (चैत्र २ गते, बिहीबार) यी दुई संस्था एक आपसमा गाभ्ने/गाभिने सम्बन्धी प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरिएको छ ।

समझदारी पत्रमा मानुषी लघुवित्तका तर्फबाट सञ्चालक समिति अध्यक्ष पद्माशना शाक्य तथा श्रृजनशील लघुवित्तका तर्फबाट सञ्चालक समिति अध्यक्ष राजकुमार श्रेष्ठले हस्ताक्षर गरेका हुन् । 

मर्जरपछि संस्थाको नाम मानुषी श्रृजनशील लघुवित्त वित्तीय संस्था रहनेछ । कार्यक्रममा मर्जर प्रक्रियाका लागि दुवै संस्थाबाट ३-३ जना प्रतिनिधि रहने गरि संयुक्त मर्जर समिति गठन गरिनेछ । यसै आर्थिक वर्षभित्र मर्जर प्रक्रिया सक्ने लक्ष्य रहेको छ । 

काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको मानुषी लघुवित्त र सिरहाको गोलबजारमा केन्द्रीय कार्यालय रहेको श्रृजनशील लघुवित्त दुवै संस्था नेपाल राष्ट्र बैंकबाट घ वर्गको इजाजत पत्र प्राप्त राष्ट्रिय स्तरका संस्था हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको