शाइन रेसुंगा डेभलपमेन्ट बैंक लिमिटेडले वैशाख १४ गतेदेखि संस्थापक समूहकाे सेयर लिलाम बढाबढ गरी बिक्री गरिरहेकाे छ । उक्त सेयरमा आवेदन दिने आज (वैशाख २२ गते, बिहीबार) अन्तिम दिन रहेकाे छ ।
बैंकले संस्थापक समुहको ४५ हजार ९ सय ९१ कित्ता सेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे हाे ।
उक्त सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी संघ संस्थाहरुले आज वैशाख २२ गते कार्यालय समय भित्रसम्म बबरमहलस्थित एनआईसी एसिया क्यापिटलको कार्यालयमा पुग्ने गरी आवेदन दिन सक्नेछन् ।
उक्त सेयरको न्यूनतम मूल्य १८५ रुपैयाँ तोकिएको छ । सो लिलामी सेयरमा न्यूनतम १ हजार कित्तादेखि अधिकतममा सम्पूर्ण कित्ताका लागि बोलपत्र पेस गर्न सकिनेछ । बोलपत्र पेश गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस