Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

अर्थ संसार

शुक्रबार, २३ बैशाख २०७९, ११ : २० मा प्रकाशित

सुनको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

आज (शुक्रबार) नेपाली बजारमा सुन-चाँदीको मूल्य घटेको छ । हिजो बिहीबार बढेको सुन-चाँदीको मूल्य आज भने घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो बिहीबार छापावाल सुन प्रतितोला ९८ हजार ६ सय रुपैयाँमा कारोबार भएकोमा आज ६ सय रुपैयाँले घटेर प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भएको छ । 

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९७ हजार ५ सय रुपैयाँ कायम भएको छ । 

त्यस्तै, आज शुक्रबार चाँदीको मूल्य पनि घटेको छ । हिजो बिहीबार १ हजार ३ सय ५ रुपैयाँमा करोबार भएको चाँदीको मूल्य २५ रुपैयाँले घटेर प्रतितोला १ हजार २ सय ८० रुपैयाँमा कारोबार भएको नेपाल सुन-चाँदी व्यवसायी महासंघले जनाएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको