Like us!
Follow us!
Connect us!
Watch us!

बुटवल पावरकाे नाफा घट्नुमा के छ कारण ?

अर्थ संसार

मंगलबार, २७ बैशाख २०७९, १२ : २६ मा प्रकाशित

बुटवल पावरकाे नाफा घट्नुमा के छ कारण ?

बुटवल पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को तेश्राे त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ ।

उक्त विवरण अनुसार चालु आर्थिक वर्षको तेश्राे त्रैमाससम्म आइपुग्दा कम्पनीकाे खुद नाफा २३ करोड ७५ लाख ८२ हजार रूपैयाँमा सिमित भएकाे छ । उक्त नाफा रकम गत आर्थिक वर्षको तुलनामा ४८.२० प्रतिशतले थाेरै हाे । गत वर्षको यसै अवधिमा कम्पनीले ४५ कराेड ८६ लाख ५३ हजार रूपैयाँ नाफा कमाएकाे थियो। 

समिक्षा अवधिसम्म कम्पनीकाे अन्य श्राेतबाट हुने आम्दानी पनि घटेर ३ करोड ४७ लाख ९४ हजार रुपैयाँमा सिमित भएको छ । गत वर्षको यसै अवधिमा कम्पनीकाे अन्य श्राेतबाट हुने आम्दानी ३४ करोड १५ लाख ३४ हजार रूपैयाँ रहेकाे थियाे । यता कम्पनीकाे विद्युत बिक्रीबाट हुने आम्दानी भने ५१ कराेड ११ लाख ६४ हजार रूपैयाँबाट बढेर ५९ कराेड ४८ लाख ३१ हजार रूपैयाँ पुगेकाे छ । 

तेश्राे त्रैमाससम्म आइपुग्दा कम्पनीकाे सञ्चालन नाफा पनि ४९.०६ प्रतिशतले घटेर २४ करोड ६२ लाख ४० हजार रुपैयाँमा सिमित भएकाे छ । गत वर्षको यसै अवधिमा कम्पनीकाे सञ्चालन नाफा ४८ कराेड ३४ लाख ४ हजार रूपैयाँ रहेकाे थियाे । कम्पनीकाे सञ्चालन नाफा र अन्य श्राेतबाट हुने आम्दानी दुवै घटेपछि खुद नाफा पनि प्रभावित हुन पुगेकाे हाे । 

त्यस्तै, कम्पनीको चुक्ता पूँजी ३ अर्ब २४ करोड ६३ लाख २७ हजार रुपैयाँ रहेको छ । कम्पनीकाे प्रतिसेयर आम्दानी (ईपीएस) ७ रुपैयाँ ३२ पैसा र प्रतिसेयर नेटवर्थ २१४ रुपैयाँ १५ पैसा रहेकाे छ ।

कम्पनीले प्रकाशन गरेकाे वित्तीय विवरण यस प्रकारकाे छ :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको