Like us!
Follow us!
Connect us!
Watch us!

नबिल बैंक र पेमेन्ट नेपालबीच सम्झाैता

अर्थ संसार

बुधबार, २८ बैशाख २०७९, १३ : ५४ मा प्रकाशित

नबिल बैंक र पेमेन्ट नेपालबीच सम्झाैता

नबिल बैंकले नेपालमा आफ्नाे मोबाइलमा आधारित रियल–टाइम भुक्तानी प्रणाली, युनिफाइड पेमेन्ट इन्टरफेस (UPI) को स्वीकृति प्रदान गर्न Payment Nepal (गेटवे पेमेन्ट सर्भिस प्रा. लि., नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त भुक्तानी प्रणाली अपरेटर) सँग साझेदारी गरेको छ ।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र गेटवे पेमेन्ट सर्भिसका प्रमुख कार्यकारी अधिकृत राजेश प्रसाद मानन्धरले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

UPI अन्तर बैंक र सीमापारी लेनदेनको सुविधाको लागी भारतको राष्ट्रीय भुक्तानी निगमद्वारा विकसित एक रियल–टाइम भुक्तानी प्रणाली हो । यस साझेदारीले प्रत्येक वर्ष स्वास्थ्य, शिक्षा र व्यापार सेवा भुक्तानीको लागि सीमापार यात्रा गर्ने लाखौं नेपाली र भारतीयहरूलाई दुवै देशका पसल र व्यापारी पसलहरूमा UPI आधारित मोबाइल अनुप्रयोगहरू प्रयोग गरेर निर्वाध रूपमा आफ्नाे खरिदहरूको भुक्तानी गर्न सक्षम बनाउनेछ ।

यो साझेदारीले नबिल बैंकका मोबाइल बैंकिङ प्रयोगकर्ताहरूलाई भारतका व्यापारी स्टोरहरूमा सुरक्षित र निर्वाध भुक्तानीहरू गर्न सक्नेछन् । त्यसैगरी, नबिल UPI QR सँग सम्बद्ध र सक्षम भएका व्यापारीहरूले फोनपे, गुगल पे, र पेटीएम लगायत UPI आधारित मोबाइल एपहरू प्रयोग गरेर भारतीय पर्यटकहरूबाट भुक्तानीहरू स्वीकार गर्न सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको