Like us!
Follow us!
Connect us!
Watch us!

जेठबाट बैंक पनि २ दिन बिदा

अर्थ संसार

बुधबार, २८ बैशाख २०७९, १७ : ०७ मा प्रकाशित

जेठबाट बैंक पनि २ दिन बिदा

जेठ महिनाबाट बैंकहरू पनि सातामा दुई दिन बिदा हुने भएकाे छ । गभर्नरबाट वैशाख २८ गतेकाे स्विकृती अनुसार जेठ १ गतेदेखि लागू हुने गरी शनिबार र आइतबार पनि बैंकहरू बिदा दिने औपचारिक निर्णय गरिएकाे राष्ट्र बैंकले एक सूचना मार्फत् जानकारी दिएकाे छ । 

अब सोमबारदेखि शुक्रबारसम्म कार्यालय समय बिहान ९:३० देखि अपरान्ह ५:३० बजेसम्म कायम गर्ने राष्ट्र बैंकले जनाएकाे छ । तर कार्तिक १६ गतेदेखि माघ १५ गतेसम्म भने कार्यालय समय बिहान ९:३० देखि अपरान्ह ४:३० बजेसम्म हुनेछ ।

त्यसैगरी, यस वर्षको लागि निर्धारण गरिएकाे दशैँ र तिहारका सार्वजनिक बिदाबाहेक अन्य बिदा लगातार दुई दिनभन्दा बढी भएमा तेस्रो दिनदेखि बैंकिङ्ग विभाग र मुद्रा व्यवस्थापन विभाग (टक्सार महाशाखा समेत) बाट प्रवाह हुने सेवा, भुक्तानी प्रणाली विभागबाट प्रवाह हुने RTGS सेवा, मौद्रिक व्यवस्थापन विभागबाट प्रवाह हुने सेवालगायत अन्य अत्यावश्यक सेवाहरु, तथा प्रदेशस्थित कार्यालयको अत्यावश्यकीय बैंकिङ्ग सेवालाई नियमित गर्न सीमित संख्यामा कर्मचारी खटाई निर्धारित कार्यालय समयसम्म सञ्चालन गर्ने पनि राष्ट्र बैंककाे सूचनामा उल्लेख गरिएकाे छ ।

राष्ट्र बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

627b9f121c7de.jpg 627b9f19799c7.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको