Like us!
Follow us!
Connect us!
Watch us!

मतदाताले यी कुरा आज गर्न पाईदैन

अर्थ संसार

शुक्रबार, ३० बैशाख २०७९, ०७ : ५३ मा प्रकाशित

मतदाताले यी कुरा आज गर्न पाईदैन

आज वैशाख ३० अर्थात देश भर एकैसाथ स्थानीय तहको निर्वाचन सुरु भइसकेको छ। बिहान ७ बजे देखि बेलुकी ५ बजे सम्म लाइनमा बस्ने मतदाताले मतदान गर्न पाउने छन्।  

के गर्न पाइदैन ?

  • ५ बजेसम्म लाइनमा नबसे मतदाताले मतदान गर्न पाइदैन। 
  • राजनीतिक दल वा उम्मेदवारको प्रतिनिधिले निर्वाचन चिह्न वा मत संकेत भएको पहिरन वा ब्याच लगाउन पाइदैन।
  • कुनै राजनीतिक दल वा उम्मेदवारको पहिचान देखिने गरी एकै किसिमको सांकेतिक पोशाक र चिजवस्तु लगाउन, बोक्न वा देखाउन पाइदैन।
  • सवारी साधन प्रयोग गरी आवतजावत गरी कसैलाई लैजान वा ल्याउन पाइदैन। 
  •  मोबाइल क्यामेरा तथा फोटो खिच्ने सामग्री लैजान पाइदैन। 
  • सलाई, लाइटर जस्ता प्रज्वलनशील पदार्थ, एसिड लैजान पाइदैन। 
  • कुनै प्रकारको हात हतियार लैजान पाइदैन। 
  • नमुना मतपत्र लगायतका कागजातहरू लैजान पाइदैन।
  • कुनै राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिह्न भएको वा संकेत जनिने कुनै वस्तु लैजान पाइदैन।
  • नसालु पदार्थ वा मादक पदार्थ सेवन गरेर मतदान स्थल जान पाइदैन।
  • उम्मेदवारको झण्डा वा चिह्न अंकित कुनै कुरा लगाउन पाइदैन।
  • प्रदर्शन गर्न पाइदैन।

आज ५ हजार भन्दा बढी जनप्रतिनिधि चयनका लागि निर्वाचन हुन लागेको हो।

 

 

 

 

 

 

 

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको