Like us!
Follow us!
Connect us!
Watch us!

विद्युत नियमन आयोगबाट हकप्रदको स्वीकृति पाउने संघारमा रहेको अरुण कावेली (AKPL) को मूल्य कति पुग्नसक्ने देखिन्छ ?

बसन्त पाण्डे

बुधबार, ०४ जेठ २०७९, १८ : १९ मा प्रकाशित

विद्युत नियमन आयोगबाट हकप्रदको स्वीकृति  पाउने संघारमा रहेको अरुण कावेली (AKPL) को मूल्य कति पुग्नसक्ने देखिन्छ ?

हकप्रद सेयर जारी गर्न विद्युत नियमन आयोगको स्वीकृति पर्खिएर बसेका NGPL , BARUN र RADHI हाइड्रोपावर कम्पनीहरुले हकप्रद जारी गर्न विद्युत नियमन आयोगबाट स्वीकृति पाएसँगै ती कम्पनीहरुको सेयरमूल्यमा उछाल आयो। केहि हप्ताकै अन्तरालमा यी कम्पनीहरुको सेयरमूल्य अत्याधिक अङ्कले बढ्न पुग्यो। आयोगबाट १००% हकप्रद जारी गर्न स्वीकृति पाएको बरुण हाइड्रोपावरको मूल्य ३७० रुपैंयाबाट बढेर ५४० सम्म पुग्यो। यो करिब ४६% को ग्रोथ थियो। आज बुधबारको डाटा हेर्दा पनि बरुण हाइड्रो ४९५ रुपैयाँको बिन्दुमा क्लोज भएको छ। त्यस्तै १४७% हकप्रदको स्वीकृति पाएको राधी हाइड्रोपावरको मूल्य पनि ४९० रुपैयाँबाट बढेर ६९८ सम्म पुगेको थियो जुन ४२% को ग्रोथ थियो। आयोगबाट १५०% हकप्रदको स्वीकृति पाएको अर्को कम्पनी NGPL को मूल्य पनि केहि साताकै अन्तरालमा ३१% भन्दा धेरैले बढ्यो। केहि साता अघि ५३० रुपैंयामा कारोबार भैरहेको यो कम्पनी केहि दिनअघि ६९५ सम्म पुगेको थियो।  

उल्लेखित कम्पनीहरुको मूल्यमा उछाल आएसँगै समग्र हाइड्रो सेक्टर नै चम्किएको थियो। यो सँगै अब आयोगमा हकप्रदको स्वीकृतिका लागि आवेदन दिएका कम्पनीहरु NHPC, SPDL, AHPC, AKPL लगाएतका कम्पनीहरुप्रति लगानीकर्ताहरुको आकर्षण उच्च रहेको देखिएको छ। आजको यो अंकमा १००% हकप्रदको लागि विद्युत नियमन आयोगमा आवेदन दिएको अरुण काबेली कम्पनी लिमिटेड (AKPL) को प्राविधिक विश्लेषण गर्दैछौं। 

कस्तो देखिन्छ AKPL  प्राविधिक रुपमा हेर्दा ?

केहि दिनअघि अरुण काबेलीको सेयर मूल्य ३७५ को बिन्दुसम्म झरेको थियो। ३७५ को बिन्दुबाट उकालो लाग्दै ४८३ सम्म पुग्यो र एउटा करेक्सन आएर ४२६ को बिन्दुसम्म झर्दै आज बुधबार ४६४ मा क्लोज भएको छ। AKPL को डेली चार्टमा हेर्दा यसले डबल बटम (W) प्याटर्न बनाएको प्रष्ट देखिएको छ। ४४५ देखि ४५० को एरिया भनेको नेकलाईन एरिया हो। AKPL को सेयर मूल्य ४४५ भन्दा माथि माथि नै रहँदासम्म (क्लोजिंग बेसीसमा) यो कम्पनीको सेयरमूल्य बढ्ने नै देखिन्छ। यदि अहिले चलिरहेकै मूल्यमा AKPL खरिद गर्ने हो भने ४४५ भन्दा तल क्लोज हुने अवस्था बन्यो भने स्टप लस गर्नुपर्ने देखिन्छ। 

इण्डिकेटरहरुले के देखाईरहेका छन् ?
RSI

डेली चार्टमा RSI ५६ को लेभलमा छ। केहि दिनअघि यसको मूल्य ४८३ को बिन्दुमा पुग्दा RSI ६१ को लेभलमा पुगेको थियो। अहिले फेरी RSI बढ्दो क्रममा देखिएको छ। यदि अब RSI ६० भन्दा माथि जान्छ र ६० भन्दा माथि नै बस्न सक्षम हुन्छ भने यसको सेयर मूल्य अझै बढ्नसक्ने सम्भावना उच्च रहन्छ। 

MACD

AKPL को डेली चार्टमा MACD ले बुलिश क्रसओभर दिईसकेको छ।  हिस्टोग्रामहरु पनि लामालामा बन्दै गईरहेका छन। जसले AKPL को सेयरको माग उच्च रहेको संकेत गरेको छ। 

बोलिंगर ब्याण्ड :

बोलिंगर ब्याण्डको मिडल ब्याण्डलाइ ब्रेक गर्दै माथितिर क्यान्डलहरु बनिरहेको छ। केहिदिन अघि अपर ब्याण्डलाइ ब्रेक गर्दै क्यान्डलहरु अपर ब्याण्ड भन्दा माथितिर बनेको थियो। अपर ब्याण्डलाइ ब्रेक गर्दै क्यान्डलहरु माथितिर बन्न थालिसकेपछी एउटा करेक्सनको अपेक्षा गरिएको थियो। आज ४२६ को बिन्दुमा आईपुगेर बजार माथितिर जान थालेसँगै त्यो करेक्सन पनि पूरा भएको छ।  अहिले अपर ब्याण्डलाइ बेण्ड गर्दै क्यान्डल बन्न थालेको छ र अपर ब्याण्ड माथितिर फर्किएको छ।  यसले आउने दिनमा कम्पनी बुलिश हुने संकेत गर्दछ। 

निष्कर्ष:

यदि AKPL को मूल्य ४८० भन्दा माथि क्लोज हुन्छ भने ५३० सम्मको यात्रा गर्न सक्ने सम्भावना उच्च देखिएको छ। ४४५ भन्दा तल क्लोज हुने देखियो भने स्टप लस गर्नु बुद्धिमानी हुन सक्छ। बजारमा अहिले अन्य हाइड्रोपावर कम्पनीहरुको मूल्यको तुलनामा AKPL को मूल्य सस्तो रहेको र यो कम्पनीले विद्युत नियमन आयोगबाट १००% हकप्रदको स्वीकृति पाउनसक्ने सम्भावना उच्च रहेको हुँदा यो कम्पनीलाई ट्रेड गर्ने हिसाबले वाचलिस्टमा राख्न सकिन्छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको