Like us!
Follow us!
Connect us!
Watch us!

स्थापित र सृजना मिलेर पनि बालेनलाई जित्न हम्मेहम्मे

अर्थ संसार

विहीबार, ०५ जेठ २०७९, १६ : ५१ मा प्रकाशित

स्थापित र सृजना मिलेर पनि बालेनलाई जित्न हम्मेहम्मे

स्थानीय तहको निर्वाचनको मतगणना आज छैटौं दिन राष्ट्रिय सभागृहमा मतगणना जारी भइरहेको छ। राष्ट्रिय सभा गृह अगाडि दिन र रात नभनी समर्थकहरु उत्साहित भई समर्थन गरिरहेका छन्। 

उम्मेदवारी दर्तापछि काठमाण्डौमा मलाई प्रतिस्पर्धा दिन सक्ने अर्को उम्मेदवार नै छैन भनी दाबी दिएका शीर्ष दलका उम्मेदवार अहिले दोश्रो र तेस्रो स्थानका लागि प्रतिस्पर्धा गरिरहेका छन्। समाचार तयार पार्दा सम्म स्वतन्त्र उम्मेदवार बलेन्द्र शाहले २३५८४ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवार केशव स्थापितले १२४८० मत प्राप्त गरेका छन् साथै नेपाली कांग्रेसकी उम्मेदवार सृजना सिंहले ११४९९ मत प्राप्त गरेकी छिन्। 

मतपरिणामको समीकरण हेर्दा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह हावी भइरहेका छन्। मतपरिणा हेर्दा सृजना सिंह र केशव स्थापितले प्राप्त गरेको मतको योग बालेनको मत बराबर हुन आउँछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको