Like us!
Follow us!
Connect us!
Watch us!

फिर्ता भयाे नबिल र नेपाल बंगलादेश बैंकको मर्जर राेक्न अदालतमा परेको रिट

अर्थ संसार

विहीबार, ०५ जेठ २०७९, १७ : ४८ मा प्रकाशित

फिर्ता भयाे नबिल र नेपाल बंगलादेश बैंकको मर्जर राेक्न अदालतमा परेको रिट

नबिल बैंक लिमिटेड र नेपाल बंगलादेश बैंक लिमिटेडको मर्जर राेक्न अदालतमा परेको रिट फिर्ता भएकाे छ । रिट फिर्ता भएसँगै मर्जर प्रक्रिया फेरि अघि बढ्ने भएकाे छ ।

नेपाल बंगलादेश बैंक लिमिटेडका संस्थापक शेयरधनी लक्ष्मीबहादुर श्रेष्ठले आफूले सर्वोच्च अदालतमा दायर गरेको मर्जर सम्बन्धी मुद्दा फिर्ता लिएका हुन् ।

दिव्यश्वरी इन्भेष्टमेन्ट र नेपाल पावर डेभलपमेन्ट एन्ड इन्भेष्टमेन्ट कम्पनीले एक्विजिसन विरुद्ध दुई वटा छुट्टाछुट्टै रिट अदालतमा दायर गरेका थिए । यो रिटको पेश आज बिहीबारलाई तोकिएको थियो । तर सुनुवाइ सुरु नहुँदै रिट निवेदकले मुद्दा फिर्ता लिएपछि मर्जर प्रक्रिया फेरि अघिय बढ्ने भएकाे हाे । 

नबिल बैंक लिमिटेड र नेपाल बंगलादेश बैंक लिमिटेडकाे विशेष साधारण सभा जेठ ७ गते, शनिबार हुँदैछ । सभामा नबिल बैंक लिमिटेडले नेपाल बंगलादेश बैंक लिमिटेडलाई प्राप्ति गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई १००:४३ काे अनुपातमा प्राप्ति गर्न लागेकाे हाे । यसकाे अर्थ नेपाल बंगलादेश बैंकका सेयरधनीहरूले आफ्नो १०० कित्ता सेयर बराबर नबिल बैंकको ४३ कित्ता सेयर प्राप्त गर्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको