Like us!
Follow us!
Connect us!
Watch us!

अपि पावरको हकप्रद बाँडफाँड सम्पन्न, ४ लाख ५२ हजार कित्ता लिलामीमा आउने

अर्थ संसार

आइतबार, ०८ जेठ २०७९, ०९ : २३ मा प्रकाशित

अपि पावरको हकप्रद बाँडफाँड सम्पन्न, ४ लाख ५२ हजार कित्ता लिलामीमा आउने

अपि पावर कम्पनीको हकप्रद सेयर बाँडफाँड भएको छ।  कम्पनीले हाल कायम चुक्ता पूँजीको १ः००३९३६ को अनुपातमा एक सय रूपैयाँ अंकित दरमा एक अर्ब ८ करोड ६० लाख रूपैयाँ बराबरको १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो। 

वैशाख २५ सम्म खुलेको हकप्रदमा १,१३,१५३ जना सेयरधनीले १ करोड ४ लाख ८ हजार ८ सय पन्ध्र कित्ता हकप्रदमा  आवेदन परेको हकप्रदको बिक्रि प्रबन्धक मुक्तिनाथ क्यापिटलले जनाएको छ।अर्थात  बाँकी रहेको ४५२१८५ कित्ताको कम्पनीले सेयर लिलामीमा निकाल्ने छ।

हकप्रदमा नपरेकाहरुको रकम जेठ ९ बाट connectips को माध्यमबाट फिर्ता गरिने छ। 

कम्पनीले यसै आर्थिक वर्षबाट ४० मे.वा. क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजनाको निर्माण कार्य गरिरहेको छ । उक्त आयोजनाको निर्माण कार्य करिव ३५ प्रतिशत सम्पन्न भई सकेको छ । आगामी वर्षदेखि यो आयोजना संचालनमा आउनेछ । हकप्रदबाट संकलित पूँजी यसै आयोजनाको निर्माणमा लागि रहेका जानकारी कम्पनीले गराएको छ ।  

6289b0dc37219.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको