Like us!
Follow us!
Connect us!
Watch us!

अष्ट्रेलियन प्रधानमन्त्री मोरिसनद्धारा हार स्वीकार

अर्थ संसार

आइतबार, ०८ जेठ २०७९, १२ : ११ मा प्रकाशित

अष्ट्रेलियन प्रधानमन्त्री मोरिसनद्धारा हार स्वीकार

प्रारम्भिक रुझानले प्रधानमन्त्री स्कट मोरिसनको लिबरल–नेसनल गठबन्धनले चुनावमा हार्ने देखाइरहेका बेला प्रधानमन्त्रीले पराजय स्वीकार गरेका अन्र्तराष्टीय सञ्चार माध्यमहरुले जनाएका छन । 


‘आज राति मैले विपक्षी नेता र आगामी प्रधानमन्त्री एन्थोनी अल्बानीजसँग कुरा गरेको छु ।  मैले उहाँलाई चुनावी जितको लागि बधाई दिएको छु’, मोरिसनले भनेका छन् ।


प्रधानमन्त्री मोरिसनले‘अष्ट्रेलियालीहरूले ठूलो समर्थन र उनीहरूको शक्ति, लचिलोपन र चरित्र देखाएका छन् । म यसका लागि उनीहरूलाई धन्यवाद दिन्छु’, भन्दै,‘सरकारको रूपमा आफुहरुले राष्ट्रको सुरक्षामा लगानी गरेका बताए । 


गठबन्धनको नेतृत्व गरिरहेका लेबर नेता एन्थोनी अल्बानीजले नयाँ अर्को सरकार बनाउने तयारी गरेको विवरणहरूमा जनाइएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको