पछिल्लो समय सेयर बजार निरन्तर घटिरहेको छ । नेप्से परिसूचक अल टाईम हाईबाट १००० अंकले तल झरिसकेको छ । बजारको ओरालो यात्रा देख्दा लगानीकर्ताहरूदेखि ब्रोकरसम्म हैरान भइसकेका छन् ।
कुनैबेला २० अर्बमाथिको कारोबार हुने बजारमा अहिले २ अर्ब पुग्न पनि सकेको छैन । यसरी नेप्से परिसूचक र कारोबार रकम घट्दा लगानीकर्ताहरू मात्रै नभएर ब्रोकर कम्पनीहरू पनि मारमा परेका छन् ।
यसरी घट्दो बजारमा कमिसन घटाउनु अनुचित रहेको काठमाडौँका केही ब्रोकर सञ्चालकहरू बताउँछन् । काठमाडौँकै एक ब्रोकर सञ्चालकका अनुसार अहिले जम्मा ५ वटा ब्रोकरहरू मात्रै नाफामा छन् । अन्य ब्रोकरहरूलाई अपरेशन खर्च जुटाउनै धौधौ परेको अवस्थामा ब्रोकर कमिसन घटाउनु अनुचित हुने उनले बताए ।
तपाइँलाई थाहा छ ? कतिसम्मको कारोबारमा कति तिर्नुपर्छ ब्रोकर कमिसन ?
विभिन्न प्रकारकाे काराेबारमा लाग्ने कमिसन विवरण तल उल्लेख गरिएकाे छ :
सेयरको कारोबारमा
क्र.सं. विवरण (रु.) कमिसन (प्रतिशत)
१ ५०,००० सम्म ०.४०
२ ५०,००१ देखि ५,००,००० सम्म ०.३७
३ ५,००,००१ देखि २०,००,००० सम्म ०.३४
४ २०,००,००१ देखि १,००,००,००० सम्म ०.३०
५ १,००,००,००० देखि माथी ०.२७
सरकारी तथा संस्थागत ऋणपत्रको कारोबारमा
क्र.सं. विवरण (रु.) कमिसन (प्रतिशत)
१ ५,००,००० सम्म ०.१०
२ ५,००,००१ देखि ५०,००,००० सम्म ०.०५
३ ५०,००,००० देखि माथी ०.०२
सामुहीक लगानी कोष तथा अन्य धितोपत्रको कारोबारमा
क्र.सं. विवरण (रु.) कमिसन (प्रतिशत)
१ ५,००,००० सम्म ०.१५
२ ५,००,००१ देखि ५०,००,००० सम्म ०.१२
३ ५०,००,००० देखि माथी ०.१०
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस