Like us!
Follow us!
Connect us!
Watch us!

पेट्रोलियम पदार्थको चर्को मूल्य वृद्धिको घोर विरोध, तत्काल फिर्ता गर्न माग

अर्थ संसार

मंगलबार, १० जेठ २०७९, १७ : ४६ मा प्रकाशित

पेट्रोलियम पदार्थको चर्को मूल्य वृद्धिको घोर विरोध, तत्काल फिर्ता गर्न माग

अखिल नेपाल किसान महासंघ नेपाल सरकारले गरेको पेट्रोलियम पदार्थको चर्को मूल्य वृद्धिको घोर विरोध गर्देै जनताको दैनिक जिवनलाई अस्त व्यस्त पार्ने गरी भएको चरम मूल्य वृद्धि तत्काल फिर्ता गर्न नेपाल सरकार समक्ष जोडदार माग गरेकाे छ ।

साथै महँगीको मारमा परेका जनतामाथि पेट्रोलमा प्रति लिटर ६३ रुपैयाँ, खाना पकाउने ग्याँसमा ३२७ रुपैयाँ, तथा अन्य वस्तुमा ठुलो मात्रामा कर उठाएको कुराले सरकार जनताप्रति उत्तरदायि र जवाफदेही नभएकोप्रति संघले गम्भीर ध्यानाकर्षण जनाएको छ ।

संघले प्रकाशन गरेकाे विज्ञप्तिमा भनिएकाे छ, "यतिबेला कोरोनाले थलिएका जनताहरु मुद्रा स्फिती, चर्काे व्याजदार, खाने तेल लगायतका खाद्य वस्तुको चरम मुल्य वृद्धि,  तरलता अभावका कारण लगानीका क्षेत्र संकुचन हुँदै जानु, उत्पादनमा ह्रास आदीका कारण सृजीत आर्थिक संकटले थप मारमा परेका छन्  । ती जनतालाई राहत दिने कार्यक्रम अघि सार्नुको साटो जनताको ढाड सेक्ने गरी पेट्रोलियम पदार्थमा सात महिनामा दस पटक सम्म मुल्य बृद्धि गर्नु खेदजनक छ ।"

"अखिल नेपाल किसान महासंघ आम जनताको दैनिकिमा प्रत्यक्ष असर पर्ने बस्तुहरुमा भएको मुल्यबृद्धिले बहुसंख्यक किसान तथा आम जनसमुदायको दैनिकी चलाउन समेत धौधौ पर्ने अवस्था आएकोप्रति संवेदनशील हुँदै सरकारलाई पेट्रोलियम पदार्थमा लिएको करको भारलाई कमगर्न तथा तत्काल पेट्रोलियम पदार्थको मुल्य वृद्धि फिर्ता लिई आम नागरिकको दैनिक जिवन यापन सहज बनाउन जोडदार माग गर्दछ ।", विज्ञप्तिमा उल्लेख छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको