सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद भवन नयाँ बानेश्वरबाट नीति तथा कार्यक्रम सार्वजनिक गरेकी हुन् । प्रस्तुत नीति तथा कार्यक्रममा यसपटक पूँजी बजारलाई पनि प्राथमिकता दिइएको छ ।
संघीय संसद भवन नयाँ बानेश्वरबाट नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले पूँजी बजारलाई उत्पादनमूलक उद्याेगसँग जाेडिने बताएकी छिन् । उनले लगानीकर्ताको आकर्षण वृद्धि गर्न र पूँजी बजारकाे विकास र विस्तार गर्नका लागि यसलाई उत्पादनमूलक उद्याेगसँग जाेड्ने बताएकी हुन् ।
यसका साथै, नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा उनले पूँजी बजारका नियामक निकायहरूलाई सबल पारिने पनि बताइन् ।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको पूर्ण पाठ
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस