Like us!
Follow us!
Connect us!
Watch us!

ग्राउन्ड जिरो : जेठ १५ पछि बजार बढ्ने लगानीकर्ताको आँकलन

अर्थ संसार

बुधबार, ११ जेठ २०७९, १३ : ३३ मा प्रकाशित

ग्राउन्ड जिरो : जेठ १५ पछि बजार बढ्ने लगानीकर्ताको आँकलन

बुधबार हामी बजारको पहिलो घडीमा काठमाण्डौँको भिमसेनगोलास्थित ब्रोकर पुग्दा बजारमा सकारात्मक प्रभाव देखिएको थियो। लगानीकर्ताहरु सुरुवातमै आएको सकारात्मक छलाङ प्रति उत्साहित देखिन्थे भने कोही बजारप्रती चिन्तित नै थिए। 

ब्रोकरमा लामो समय देखि सुन्यता थियो एक लगानीकर्ताले बताए। उनले आज ब्रोकर भरिभराउ भएको कुरा जनाउँदै एकजना भर्खर प्रवेश गर्दै गरेका लगानीकर्तालाई भने,"तपाईंलाई त चुनाव लागेछ,धेरै पछि ब्रोकर आउनुभयो, चुनाव पछि बजार बढ्छ भन्थे खै बढेन त" यसमा प्रवेशित लगानीकर्ताले उत्तर दिए,"बजारमा पैसा आउन नै बाँकी छ ।

स्थानीय तहमा खर्च पक्कै गरेका छन् आउन समय लाग्छ। बल्ल त चुनावका विजेता घोषणा भए उनीहरूको भोज भतेरको काम बाँकी नै छ । चुनाव सकिएको १२-१३ दिनमा बल्ल नतिजा आउँदैछ बैंकमा पैसा आउन अझै ४-५ दिन त कसो नलाग्ला। पैसा अन्त्यमा फर्किने बैंकमा नै हो पक्कै पनि तरलता सहज हुन्छ उनले जोड।"

* ग्राउन्ड जिरोमा हामी बजारको प्रत्यक्ष अंग ब्रोकर र नियामक सम्म पुगेर त्यहाँ भइरहेका घटनालाई तथा संवादलाई समेटिएको सामग्री समेटिन्छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको