Like us!
Follow us!
Connect us!
Watch us!

अन्तत : इन्भेष्टमेन्ट र हिमालयन बैंकको कारोबार खुल्ने

अर्थ संसार

बुधबार, ११ जेठ २०७९, १४ : २८ मा प्रकाशित

अन्तत : इन्भेष्टमेन्ट र हिमालयन बैंकको कारोबार खुल्ने

अन्तत: लामाे समयदेखि राेक्का रहेकाे नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड र हिमालयन बैंक लिमिटेडकाे काराेबार खुल्ने भएकाे छ । नेपाल राष्ट्र बैंकले संस्थापकसहित बैंकका आधारभुत सेयरको मात्रै सेयर कारोबार रोक्का राख्न सहुलियत बनाइदिएकाे छ । याे सँगै भाेलि (जेठ १२ गते, बिहीबार) देखि दाेश्राे बजारमा दुवै बैंककाे काराेबार खुल्ने भएकाे हाे ।

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड र हिमालयन बैंक लिमिटेडबीच एक आपसमा गाभ्ने/गाभिने (मर्जर) सम्बन्धी सम्झौतामा हस्ताक्षर भएकाे हुनाले बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिशन) सम्बन्धी विनियमावली, २०७३ काे विनियम ६ (१) बमाेजिम गत वैशाख ३१ गते, शुक्रबारबाट दुवै बैंककाे सेयर काराेबार राेक्का गरिएकाे थियाे ।

पछि यी २ बैंककाे मर्जर प्रक्रिया टुट्याे । तर पनि काराेबार भने खुल्ला गरिएकाे थिएन । हिमालयन बैंक लिमिटेडकाे पौष ३० गते, शुक्रबार बैंककाे केन्द्रिय कार्यालय, कमलादी, काठमाडाैँमा भएकाे उनन्तीसाैँ वार्षिक साधारण सभाले मर्जरकाे विशेष प्रस्ताव अस्विकृत गरेकाे थियाे । सभामा शेयरधनीहरूबीच मर्जरका विषयमा विवाद भएपछि मर्जरकाे प्रस्ताव अस्विकृत गरिएकाे थियाे । 

मर्जर प्रकृया भाँडिएसँगै यी दुई बैंककाे सेयरमा लगानी गर्ने लगानीकर्ताहरूले मर्जर टुटेर लामाे समयसम्म काराेबार राेक्का हुँदा यसकाे प्रत्यक्ष घाटा लगानीकर्ताहरूलाई हुने भन्दै विभिन्न माध्यमबाट बारम्बार विराेध गर्दै आइरहेका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको