बुधबार हामी ब्रोकर पुग्दा लगानीकर्ताहरु बढिरहेको बजारबारे कुराकानी गर्दै थिए । समूह बनेर बसेका लगानीकर्ता दिर्घकालिन लगानीको रणनिति बनाउँदै गरेको जस्तो देखिन्थ्यो।
लगानीकर्तालाई चुनावको माहोलले सेयरबजार भन्दा बढी आकर्षित गरेको जस्तो देखिन्थ्यो। ब्रोकरमा देखाइने फ्लोरशीटमा बजारको तथ्याङक हेर्दै थिए भने फोनमा काठमाण्डौ महानगरको मतपरिणाम हेर्दै थिए। गन्न बाँकी मतपरिणाम र बालेन शाहले लिएको समीकरण हेर्दै एक लगानीकर्ता बालेनको त जीत सुनिश्चित भइसकेछ । उनले यो भनी नसक्दै अन्य लगानीकर्ताको मुहारमा उत्साह देखीसकिएको थियो। 'अब युवाले यहाँ केही गर्दछ',एक लगानीकर्ताले बताएँ।
युवा सँग जोडिएको प्रसंगलाई जोड्दै एक लगानीकर्ता अहिले युवाहरू उद्यमशीलतामा लागेको कुराको प्रशंसा गरे । उनले,"अहिले काठमाण्डौमा धेरै युवाहरू सानो लगानीमा उद्यम गरिरहेका छन् । प्रायः कक्षा १२ पास गरेका विद्यार्थी यो परिश्रमको बाटोमा लागेका छन् । युवाहरु उद्यमशीलता तर्फ लागेको देखेर तिनलाई सहयोग गर्न उनीहरूबाट समान खरिद गरिरहेको देखेको छु यसले नयाँ तरंग ल्याउँदैछ।"
*ग्राउन्ड जिरोमा हामी बजारको प्रतक्ष्य अंग ब्रोकर र नियामकसम्म पुगेर त्यहाँ भइरहेका घटनालाई तथा संवादलाई समेटिएको सामग्री समेटिन्छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस