Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल इन्भेष्टमेन्ट बैंकको मात्र सेयर कारोबार खुल्ने, हिमालयनको अझै अन्योल

पत्रपत्रिका

विहीबार, १२ जेठ २०७९, ०६ : ०० मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट बैंकको मात्र सेयर कारोबार खुल्ने, हिमालयनको अझै अन्योल

र्जरका कारण २०७८ साल वैशाख ३१ गतेदेखि रोक्का रहेको नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको शेयर कारोबार सुचारु हुने भएको छ । 

नेपाल राष्ट्र बैंकले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लाई बैंकको आधारभूत शेयरधनीहरु बाहेकको शेयर कारोबार सुचारु गराउन निर्देशन दिएसँगै नेप्सेले प्रक्रिया अघि बढाएको हो । 

नेप्सेका सूचना अधिकारी मुराहरी पराजुलीले राष्ट्र बैंकको निर्देशन बमोजिम आधारभूत शेयरधनीहरुको मात्र शेयर कारोबार रोक्का हुने व्यवस्था मिलाउन सिडिएस एण्ड क्लियरिङ लिमिटेडलाई पत्राचार गरिसकिएको बताए । 

भोलिदेखिनै कारोबार सुचारु हुन्छ त ? भन्ने प्रश्नमा पराजुलीले सिडिएससीले उक्त काम सम्पन्न गरेपश्चात मात्र कारोबार सुचारु गरिने जानकारी दिए । 

नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जरकै कारण सोही दिनदेखि रोक्का रहेको हिमालयन बैंक लिमिटेडको शेयर कारोबार सुचारु हुने अन्योलता भने अझै कायम रहेको छ । पराजुलीले एकै दिन दुवै कम्पनीको शेयर कारोबार रोक्का भएपनि राष्ट्र बैंकले नेपाल इन्भेष्टमेन्ट बैंकको मात्र शेयर कारोबार सुचारु गर्न पत्राचार गरेको बताएका छन् ।

नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंक बीचको २०७८ साल वैशाख ३० गते भएको मर्जर सम्झौता हिमालयन बैंकले अस्वीकृत गरेको हो । हिमालयन बैंकको पुस ३० गतेको वार्षिक साधारण सभाले मर्जरमा जाने प्रस्ताव अस्वीकृत गरेको थियो । 

यी दुई बैंकबीच एक बराबर एक शेयर आदानप्रदान गर्ने सहमति अनुसार मर्जरमा जाने सम्झौता भएको थियो । तर, हिमालयन बैंकको वार्षिक साधारण सभामा मर्जरको पक्षमा ४३ दशमलव ६३ प्रतिशत मात्र मत प्राप्त भएको थियो । 

आर्थिक अभियान दैनिकमा समाचार छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको