Like us!
Follow us!
Connect us!
Watch us!

पेट्रोलियम पदार्थबाट १० महिनामै एक खर्ब राजस्व

पत्रपत्रिका

विहीबार, १२ जेठ २०७९, ०६ : ४४ मा प्रकाशित

पेट्रोलियम पदार्थबाट १० महिनामै एक खर्ब राजस्व

पेट्रोलियम पदार्थ आयात गरेर १० महिनामा एक खर्ब राजस्व सङ्कलन भएको छ । नेपाल आयल निगमले चालू आर्थिक वर्षको साउनदेखि वैशाख महिनासम्म दुई खर्ब २३ अर्ब रुपियाँ बराबरको पेट्रोलियम पदार्थ आयात गरेर एक खर्ब छ अर्ब रुपियाँ राजस्व सङ्कलन भएको हो । 

पेट्रोलियम पदार्थमा लगाइएको उच्च शुल्क र करका कारण सरकारलाई आम्दानी बढेको हो । पेट्रोलियम पदार्थको कारोबारबाट आव २०७७÷७८ मा ९७ अर्ब २० करोड ४१ लाख २१ हजार र आव २०७६÷७७ मा ६६ अर्ब ८८ करोड ६९ लाख २४ हजार रुपियाँ राजस्व सङ्कलन भएको थियो । यो वर्ष इन्धनको आयात बढेसँगै राजस्वमा वृद्धि भएको निगमले जनाएको छ ।

सो अवधिमा २५ लाख ४३ हजार ६९४ किलोलिटर पेट्रोलियम पदार्थ (डिजल÷मट्टीतेल, पेट्रोल, हवाई इन्धन र ग्यास) आयात गरेर सो रकम राजस्व सङ्कलन  भएको हो । निगमका अनुसार सो अवधिमा सबैभन्दा धेरै डिजल १४ लाख एक हजार किलोलिटर, पेट्रोल चार लाख ८३ हजार ३८२ किलोलिटर, मट्टीतेल १४ हजार १९० किलोलिटर, हवाई इन्धन एक लाख २४ हजार ३८० किलोलिटर र ग्यास चार लाख १९ हजार ९३८ मेट्रिक टन ग्यास आयात भएको छ । 

निगमका अनुसार पेट्रोलमा ६३ रुपियाँ २३ पैसा, डिजलमा प्रतिलिटर ४५ रुपियाँ ९१ पैसा र मट्टीतेलमा १३ रुपियाँ ६६ पैसा कर रहेको छ । एक सिलिन्डर ग्यासमा ३२७ रुपियाँ ३७ पैसा कर रहेको छ । 

गोरखापत्र दैनिकमा समाचार छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको