Like us!
Follow us!
Connect us!
Watch us!

बजेटमा समावेश सेयरबजारसंग सिधा जोडिएका बिषयहरु

नरेन्द्र सिँजापति

अर्थ संसार

आइतबार, १५ जेठ २०७९, २१ : ३० मा प्रकाशित

बजेटमा समावेश सेयरबजारसंग सिधा जोडिएका बिषयहरु

आर्थिक वर्ष २०८९/०८० को बजेटमा उल्लेख भएका विषयवस्तु र शेयरबजार सँगको सम्बन्ध :

बजेट आवधिक योजनाहरु को कार्यान्वयन गर्ने माध्यम हो । बजेटले योजना कार्यान्वयनको लागि जिम्मेवारी र अख्तियारी प्रदान गर्छ। यस बजेटले विशेषगरी कृषिक्षेत्रमा ,उत्पादनमा र निर्यातमा बढी ध्यान दिएको छ।

बजेटको आकार १७ खर्ब ९३ अर्ब ८४ करोड ।

शेयरबजार संग सिधा जोडियको बिषय :

१. पूँजीबजारको विकास र संरक्षणमा जोड

२. धितोपत्रको दोस्रो बजार तथा यससम्बन्धी संरचनालाई प्रभावकारी बनाऊने ।

३. पुँजीबजारको विस्तार विविधिकरण गरी सम्भावित जोखिम न्यूनीकरण गरी आम लगानीकर्ताको हक संरक्षण गरिने ।

४. धितोपत्रको दोस्रो बजारमा गैरआवासीय नेपालीहरूको लगानी खुला गर्न कानुनी व्यवस्था मिलाइने।

५. वैदेशिक रोजगारमा गएका नेपालीहरुलाई धितोपत्रको प्राथमिक निष्कासनमा १० प्रतिशत सेयर आरक्षण सुरक्षित गरिने ।

६. एक अर्ब रुपैयाँ वा सोभन्दा बढी पुँजी भएका कम्पनी , ५ अर्ब रुपैयाँभन्दा बढीको कारोबार गर्ने कम्पनी ,प्राकृतिक स्रोतहरूको उपयोग गर्ने कम्पनी , सरकारको अनुदान सहूलियत वा कर छुट प्राप्त गर्ने कम्पनीहरुलाई धितोपत्रको सार्वजनिक निष्काशन गरी सूचीकृत हुनुपर्ने व्यवस्था गरेको छ ।

७. विद्युत प्राधिकरण को प्रीमियममा शेयर जारी गर्ने ।

८. हरित ऋण पत्र जारी गरी पूर्वधारमा लगानी गर्ने।

९ हाइड्रो पावर /उर्जा क्षेत्र मा जोड़ ।

अन्य सकारात्मक कुराहरु

१.startup का लागि २६ करोड़ venture capital market शुरुआत गरिने ।

२.सिमेण्ट डंडी र जुत्ता निर्यातमा ८ प्रतिशत अनुदान दिने ।

३.उध्योग संचालन को लागि सरकारी जग्गा ५० वर्ष सम्मको लागी उपलब्ध गराउने ।

४.मासिक दश करोडको विद्युत् खपत गर्ने लाई १५ प्रतिशत छुट दिने ।

५.परियोजना धितोमा कर्जा उपलब्ध गराउने।

६.घरजग्गाको कारोबार अनुमति प्राप्त व्यक्ति वा संस्थाबाट मात्र गर्ने ।

७.LP ग्यास छोड़ौ बिजुली जोड़ौ अभियान।

उत्पादनमा आधारित अर्थतन्त्रको निर्माण गरी उच्च र दिगो आर्थिक विकास हासिल गर्नको लागि प्रस्तुत गरिएको बजेटमा पुँजी बजारलाई विगत वर्षहरु भन्दा नजिकबाट सम्बोधन गरेको छ।

Covid -१९ महामारीको असर पछि बिग्रिएको अर्थतन्त्र र पुँजीबजारमा आवद्ध लगानीकर्ताहरूको गिरेको मनोबल का बिच प्रस्तुत भएको यो बजेटले धेरै सकारात्मक कुराहरु गरेपनि तत्काल लगानीकर्ताहरुलाई उत्साहित गर्ने अवस्था सिर्जना गर्न नसकेपनि निरुत्साहित भने बनाएको छैन ।

आशा गरौ बजेट कार्यान्यन भई अर्थतन्त्रमा सुधार आइ पुजिबजार विकसित र विस्तारित हुनेछ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको