Like us!
Follow us!
Connect us!
Watch us!

बजेटको भण्डाफोर गर्न सांसदहरुलाई अध्यक्ष ओलीको निर्देशन

पत्रपत्रिका

मंगलबार, १७ जेठ २०७९, ०७ : ५० मा प्रकाशित

बजेटको भण्डाफोर गर्न सांसदहरुलाई अध्यक्ष ओलीको निर्देशन

प्रमुख प्रतिपक्षी नेकपा एमालेले सरकारले ल्याएको बजेट विशुद्ध चुनावमुखी र मत माग्ने हिसाबले ल्याएको निष्कर्ष निकालेको छ।

संसद भवन नयाँ बानेश्वरमा सोमबार बसेको एमाले संसदीय दलको बैठकले पाँच महिना अवधि रहेको सरकारले यथार्थको धरातलमा नटेकी चुनावमुखी र मत माग्ने हिसाबले बजेट ल्याएको निष्कर्ष निकालेको हो।

सरकारले २५ वर्षको पूरा नहुने योजना ल्याएको र यसले बजेटको जवाफदेहीतामा पनि प्रश्न उठ्ने गरि सरकारले बजेट ल्याएको बैठकपछि एमाले संसदीय दलका प्रमुख सचेतक बिशाल भट्टराईले जानकारी दिए।

बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले तर्कसंगत हिसाबले अध्ययनशील भएर प्रस्तुत हुन निर्देशन दिएका थिए।

त्यस्तै ओलीले गलत र अनुचित कुरालाई जनतामाझ भण्डाफोर गर्न लिएर जाने गरि प्रस्तुत हुन निर्देशन दिएको भट्टराईले बताए।

बैठकमा पार्टीका पूर्व अर्थमन्त्रीहरु, विज्ञ, योजना आयोगका उपाध्यक्ष लगायतको सहभागिता रहेको थियो।

अन्नपुर्णपोष्ट दैनिकमा समाचार छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको