सेयर बजारको सुधार र विस्तारको माग सहित असार १ गते देखि नेपाल धितोपत्र बोर्ड खुमलटारमा आमरण अनसन बस्ने घोषणा गरेका तिलक कोइरालाको अनसनको कार्यक्रमलाई अर्का लगानीकर्ता हरि ढकालले ऐक्यवद्धता जनाएकाछन् । कोईरालाको पहिलो पटकको आमरण अनसनमा ढकाल र कोईरालाले संगै आमरण अनसन बसेका थिए ।
अर्थसंसारसंगको संक्षिप्त कुराकानीमा सेयर लगानीकर्ता दवाव समूहका अध्यक्ष समेत रहेका ढकालले भने "तिलक दाईको मागहरुमा मेरो पूर्ण समर्थन छ विगतमा हामिसंगै अनसन बस्ता राखेका ५८ बुँदे मागहरुमा सम्बोधन हुन बाँकि रहेका माग सहित आन्दोलन घोषणा गर्नु भएको छ यसमा मेरो हार्दिक समर्थन छ ।"
विगतमा ढकालको नेतृत्वमा दबाव समूहको निर्माण हुँदा कोईराला उक्त समूहको वरिष्ठ सल्लाहकार थिए । यी दुबैले अहिले आगामी निर्वाचनमा चितवन १ बाट स्वतन्त्र उमेद्वारी दिने तयारी गरिरहेका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस