Like us!
Follow us!
Connect us!
Watch us!

बुद्ध एयरको विमानमा प्राविधिक समस्या

अर्थ संसार

बुधबार, १८ जेठ २०७९, १२ : ३२ मा प्रकाशित

बुद्ध एयरको विमानमा प्राविधिक समस्या

बुद्ध एयरको जहाजमा प्राविधिक समस्या आएकाे छ । काठमाडौंबाट झापाको भद्रपुरतर्फ जाँदै गरेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या आएपछि काठमाडौं विमानस्थलमै फर्काएर सुरक्षित अवतरण गरिएको छ ।

जहाजको टायरमा केही समस्या देखिएपछि भद्रपुर उडेको ९५३ उडान नम्बरको जहाजलाई तत्कालै काठमाडौं फर्काएर सुरक्षित अवतरण गराइएको हाे । हाल प्राविधिक टोलीले जहाजको निरीक्षण गरिरहेका छन् । 

जहाजमा ६९ यात्रु थिए । उक्त जहाजमा समस्या आएपछि बुद्ध एयरकै अर्को जहाजबाट सबै यात्रुलाई पठाइएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको