Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशिया लघुवित्तको सेयर लिलामीमा, कहिलेबाट दिने आवेदन ?

अर्थ संसार

बुधबार, १८ जेठ २०७९, १२ : ५४ मा प्रकाशित

एनआईसी एशिया लघुवित्तको सेयर लिलामीमा, कहिलेबाट दिने आवेदन ?

प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्टकाे स्वामित्वमा रहेकाे एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडकाे संस्थापक समूहकाे सेयर आज (जेठ १८ गते, बुधबार) बाट लिलाम बढाबढ गरी बिक्री खुल्ला गरिएकाे छ । संस्थाकाे ५० हजार कित्ता सेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे हाे ।

उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ४ सय २५ रूपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।

उक्त सेयरहरू खरिद गर्न इच्छुक विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी तथा संघ संस्थाहरूले जेठ २५ गते, बुधबारसम्म न्युनतम २५ हजार कित्तादेखि अधिकतममा सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

त्यसैगरी, संस्थाकाे सेयर निष्कासन तथा बिक्री प्रबन्धककाे काम एनआईसी एशिया क्यापिटल लिमिटेडले गरेकाे छ । लगानीकर्ताहरूले बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड, बबरमहल, काठमाडाैँमा आइपुग्ने गरी आवेदन पेश गर्नुपर्नेछ ।

संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

62971183210f8.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको