Like us!
Follow us!
Connect us!
Watch us!

तिलक कोइरालाको आमरण अनसन : लगानीकर्ता संगठनका नेताहरुको समर्थन कि विरोध ?

कृष्ण भट्टराई

बुधबार, १८ जेठ २०७९, १३ : ३० मा प्रकाशित

तिलक कोइरालाको आमरण अनसन : लगानीकर्ता संगठनका नेताहरुको समर्थन कि विरोध ?

सेयर बजारको विकास र विस्तारका विभिन्न १९ बुँदे मागसहित बजारका सक्रिय लगानीकर्ता एवमं पूर्व आर्थिक पत्रकार तिलक कोईरालाले आमरण अनसनको कार्यक्रम सार्वजनिक गरेका छन् । 

मंगलबार उनले आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत् आमरण अनसनको कार्यक्रम सार्वजनिक गरेका हुन् । कोईराला यसभन्दा अगाडी २ पटकसम्म बजारको विकासका विभिन्न मागसहित आमरण अनसन बसिसकेका छन् । 

उनको अहिलेका मागहरुमा पहिलो पटक अनसन बस्दा राखेका ५८ बुँदे मागहरुमध्ये कार्यान्वयन हुन बाँकी रहेका बुदाँहरु समेत रहेका छन् । पटक–पटकको अनुनय विनयलाई कमजोरी ठानी सरकारले पूँजी बजारको संवेदनशिलता र लाखौं लगानीकर्ताहरुको लगानीलाई बेवास्ता गरेकाले फेरि एकपटक कडा रुपमा उत्रिनु परेको उनको तर्क छ ।

साथै उनले आफ्नो अनशनमा सक्रिय सहभागिता जनाउन र माग पुरा नभएसम्म एकताबद्ध भई डटिरहन सबै सेयर लगानीकर्तामा हार्दिक आग्रह समेत गरेका छन् ।

उनको उक्त आन्दोलनको कार्यक्रम सार्वजनिक भएसँगै लगानीकर्ताहरुले विभिन्न सामाजिक सञ्जालहरु मार्फत आफ्नो धारण व्यक्त गरिरहेका छन् । कतिपयले उनको आन्दोलनको सर्मथन गरिरेका छन् भने कतिपयले विरोेध । उनको उक्त आन्दोलनको विषयमा विभिन्न लगानीकर्ता संगठनका नेताहरुको धारण के छ भनी कुराकानी गरेका छौँ ।

 उनीहरुको विचार जस्ताको तेस्तैः 

छोटेलाल रौनियार- निवर्तमान अध्यक्ष– नेपाल इन्भेष्टर फोरम

कोइरालाजीले अगाडी सार्नु भएका अधिकांश मागहरु जायज छन् तर एकै पटकमा आमरण अनसनकै कार्यक्रम सार्वजनिक गर्नू त्यति सहि भयो जस्तो मलाई लाग्दैन । विरोधका विभिन्न शैलिहरु हुन्छन् आमरण अनसन भनेको अन्तिम अस्त्र मात्र हो अरु कुनै तरिकाले आफ्ना मागहरु सम्बोधन नभएमा मात्र आमरण अनसन गर्नु पर्ने हो । 

आमरण अनसनले वहाँकै स्वास्थ्यमा पनि प्रतिकुल असर गर्छ, विगतमा पनि वहाँका अनसन कार्यक्रमहरुमा मैल संस्थागत र व्यक्तिगत रुपमा सहयोग र समर्थन गर्दै आएको थिए । उहाँले एक पटक सबै साथिहरु संग सरसल्लाह गरेर अगाडी बढेको भए थप प्रभावकारी र हाम्रो हुने थियो यसरी एकै पटक आमरण अनसनकै कार्यक्रम सार्वजनिक गर्नु त्यति उचित लागेन मलाई ।

अर्को कुरा वहाँका सबै मागहरु त जायज नै छन तर पनि एकै पटक यति धेरै मागहरु राख्नुभन्दा पनि ५-७ वटा बजारका सोलिड मागहरु राखेर अगाडी बढ्नु भएको भए थप प्रभावकारी हुने थियो जस्तो लाग्छ मलाई । 

राधा पोखरेल - अध्यक्ष नेपाल पूँजीबजार लगानीकर्ता संघ

मैले भर्खर मात्र तिलक कोईरालाजीको आन्दोलनको कार्यक्रमका बारेमा जानकारी पाए । बजारको विकास र विस्तारको माग सहित हुने सबै आन्दोलन र बिरोध कार्यक्रमहरुमा मेरो व्यक्तिगत तर्फबाट र हाम्रो संगठनको पूर्ण समर्थन रहन्छ । वहाँले अगाडी सार्नुभएका सबै मागहरु हामि सबैका साझा मागहरु नै हुन् वहाँको आन्दोलनको कार्यक्रममा हाम्रो पूर्ण समर्थन छ । 

तर यदि कसैले कुनै राजनितिक मागहरु घुसायर सेयर बजार विकास सम्बन्धी आन्दोलन भन्दै आन्दोलन गर्छ भने त्यसमा हाम्रो समर्थन रहँदैन, हामिले पूँजी बजारको विकास र बिस्तार हुनुपर्छ भन्ने हो तर कसैको राजिनामा माग्ने काम हाम्रो होइन, हामिले पूँजी बजारको विकास र विस्तार माग्ने हो । 

रोहन कार्की - अध्यक्ष, स्वतन्त्र पूँजीबजार संघ

तिलक कोइराला सरले घोषणा गर्नुभएको आमरण अनसनको कार्यक्रममा मेरो व्यक्तिगत र संस्थागत रुपमा पूर्ण साथ र समर्थन छ । वहाँले राख्नुभएका माग वहाँका मात्र माग होइनन् हामीसबैका साझा मागहरु हुन् । 

पूँजीबजारको विकास र विस्तारका लागि हुने हरेक कार्यक्रम र आन्दोलनहरुमा हाम्रो साथ र समर्थन रहन्छ । तिलक सरको अनसन कार्यक्रमलाई त हाम्रो समर्थन मात्र नभएर सक्रिय साथ पनि रहनेछ हामी सक्रिय रुपमा वहाँसंगै रहने छौँ । 

तारा फुल्लेल- उपाध्यक्ष, सेयर लगानीकर्ता संघ नेपाल

लगानीकर्ताको हकहितका लागि खोलेका संघ संगठनका प्रतिनिधिहरुको उद्देश्य भनेको नै बजारको विकास र विस्तार हो । कसैले बजारको विकास र विस्तारको माग सहित नियामक निकायहरुलाई गर्ने खबरदारीमा हाम्रो साथ र समर्थन नहुने त कुरै भएन । बजारको विकासका लागि बजारलाई राम्रो र स्वतन्त्र बनाउनका लागि राख्नु भएका मागहरुमा हाम्रो पूर्ण समर्थन छ । 

तर वहाँले एक्कासी यसरी सामाजिक सञ्जाल मार्फत सार्वजनिक गर्नुभन्दा पनि बजारमा सक्रिय साथीहरुसंग सरसल्लाह गरेर समन्वय गरेर गर्नुभएको भए सुनमा सुगन्ध हुने थियो तर ठिकै छ वहाँले अनसनको कार्यक्रम घोषणा गरिसक्नु भयो वहाँका जायज मागहरुमा हाम्रो पूर्ण समर्थन रहनेछ ।   
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको