Like us!
Follow us!
Connect us!
Watch us!

उडान अनुमतिमा कडाइ सुरु, यी क्षेत्रहरूको उडान प्रभावित हुने

पत्रपत्रिका

विहीबार, १९ जेठ २०७९, ०६ : २६ मा प्रकाशित

उडान अनुमतिमा कडाइ सुरु, यी क्षेत्रहरूको उडान प्रभावित हुने

मौसम सफा नभई आन्तरिक उडानलाई अनुमति नदिने नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्णय काडाइसाथ लागू भएको छ । प्रविधिको प्रयोग नगरी आँखाले हेर्दै उडान गर्नुपर्ने क्षेत्रहरू भरतपुर, लुक्ला, सुर्खेत र पोखराको उडानमा यो व्यवस्था कडाइसाथ पालना गराइएको हो ।

 

मौसमकै कारण जेठ १५ गते तारा एयरको जहाज दुर्घटनामा परेपछि पुनः त्यस्ता घटना दोहोरिन नदिन प्राधिकरणले यो व्यवस्था गरेको हो । वायु सेवाहरूले बुधबार विमानस्थलस्थित मौसम तथा हवाई मौसम पूर्वानुमान शाखाले उपलब्ध गराएको मौसमसम्बन्धी प्रतिवेदनका आधारमा अनुमति लिएर उडान गरे । प्राधिकरणका अनुसार २१ वटा विमान तथा हेलिकप्टर कम्पनीले मौसम तथा हवाई पूर्वानुमान शाखाबाट रिपोर्ट लिएर उडान भरेका हुन् 

ती क्षेत्रमा उडान भर्दा बाटोको मौसमसहित उडान सुरु भएदेखि अवतरण हुने स्थानसम्मको मौसम सफा भएपछि मात्रै उडान अनुमति पाइनेछ । प्रविधि जडान भएको विमान र विमानस्थलबाट भने इनरुट मौसम सफा नभए पनि उडान अनुमति पाउनेछ । नयाँ व्यवस्थाअघि विमान उड्ने र अवतरण हुने विमानस्थलको मौसमका आधारमा उडान हुँदै आएको थियो । गोरखापत्र दैनिकमा समाचार छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको