Like us!
Follow us!
Connect us!
Watch us!

हो यस्तो पो निर्णय: प्रतिलिटर १० रुपैयाँले घट्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य

अर्थ संसार

विहीबार, १९ जेठ २०७९, २० : ४९ मा प्रकाशित

हो यस्तो पो निर्णय: प्रतिलिटर १० रुपैयाँले घट्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य

नेपाल आयल निगमले डिजल, पेट्रोल र मट्टीतेलको मूल्य घटाएको छ । निगमले पेट्रोल, डिजल, पेट्रोल र मट्टीतेलको मूल्य लिटरमा १०-१० रुपैयाँले घटाउने निर्णय निगमले गरेको छ। 

अब पेट्रोलको मूल्य प्रतिलिटर १७० रुपैयाँ र डिजल तथा मट्टीतेलको मूल्य १५३ रुपैयाँ पर्नेछ ।

सरकारले पेट्रोलियम पदार्थमा लाग्ने  पूर्वाधार कर घटाएपछि मूल्य समायोजन भएको हो । बजेट वक्तव्यमार्फत नै सरकारले पेट्रोलमा लगाएको कर घटाउने घोषणा गरेको थियो । सरकारले प्रति लिटर १० रुपैयाले कर घटाएको हो। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको