Like us!
Follow us!
Connect us!
Watch us!

युक्रेनको २० प्रतिशत भूभाग ‘रूसको कब्जामा’

अर्थ संसार

शुक्रबार, २० जेठ २०७९, ०८ : १४ मा प्रकाशित

युक्रेनको २० प्रतिशत भूभाग ‘रूसको कब्जामा’

रूसले युक्रेनको २० प्रतिशत भूभाग कब्जा गरेको दाबी युक्रेनले गरेको छ।  युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेनेस्कीले बिहीबार भने, ‘हाम्रो कुल भूभागको झन्डै २० प्रतिशत भूभाग रूसले कब्जा गरेको छ।’ देशको पूर्वी सीमा क्षेत्रमा पृथकतावादीले कब्जा गरिरहेकै ठाउँमा रूसले कब्जा गरेको उनको भनाइ छ।   

युक्रेनमा आन्दोलनरत पृथकतावादीलाई पहिले पनि रूसको सहयोग र समर्थन रहेको आरोप युक्रेनले लगाउँदै आएको छ। लक्जम्बर्गमा सांसदहरूलाई सम्बोधन गर्दै युक्रेनी राष्ट्रपति जेलेनेस्कीले आफ्नो भूमि रक्षाका लागि आफूहरू सधैं संघर्ष गरिरहनुपर्ने बताए।

उनले निराश नहुन र कुनै पनि हालतमा पछाडि नहट्न सबैलाई आग्रह गरे। ऐजेन्सी

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको