Like us!
Follow us!
Connect us!
Watch us!

राप्ती हाइड्रोकाे आईपिओमा आजदेखि आवेदन दिन सकिने

अर्थ संसार

मंगलबार, २४ जेठ २०७९, ०६ : ३५ मा प्रकाशित

राप्ती हाइड्रोकाे आईपिओमा आजदेखि आवेदन दिन सकिने

राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले आजदेखि आयोजना प्रभावित स्थानिय बासिन्दाहरुकालागि साधारण सेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे छ ।

कम्पनीको जारी पूँजी ६१ करोड २७ लाख ९३ हजार को १० प्रतिशतले हुने प्रति कित्ता अंकित मूल्य १०० रुपैयाँ दरका ६ लाख १२ हजार ७९३ कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्र पुर्बी रुकुम र पश्चिम रुकुम जिल्लाका स्थानिय बासिन्दाहरुको लागि निष्कासन गर्न लागेको हो । साथै आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुको लागि छुट्याइएको सेयर सम्पूर्ण विक्री नभएमा विक्री नभए बराबरको सेयर समेत समायोजन गरी सर्वसाधारण (सामुहिक लगानी कोष तथा कर्मचारीमा समेत) मा निष्काशन गरिने छ । 

आईपीओमा स्थानियले न्यूनतम १० कित्तादेखि अधिकतममा ६ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले आईपीओमा छिटोमा असार ७ गते र ढिलोमा असार २२ गतेसम्म आवेदन दिन सक्नेछन् । 

त्यसैगरी, उक्त साधारण सेयर सर्वसाधारणमा सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटल लिमिटेडले गर्नेछ भने सहनिष्काशनकर्ताका रुपमा मुक्तिनाथ क्यापिटल रहेको छ । 

लगानीकर्ताहरुले यस आईपीओमा ग्लोबल आइएमई बैंक लिमिटेड शाखा कार्यालय, सिस्ने रुरल नगरपालिका-६, छिपीदह रुकुम पूर्व, ग्लोबल आइएमई बैंक लिमिटेड शाखा कार्यालय, मुसिकोट रुकुम पश्चिम, सिद्धार्थ बैंक लिमिटेड शाखा कार्यालय पुथा उत्तरगंगा रुकुम पूर्व, सिद्धार्थ बैंक लिमिटेड, शाखा कार्यालयः मुसिकोट, रुकुम पश्चिम प्रभु बैंक लिमिटेड, शाखा कार्यालयः रुकुमकोट, रुकुम पूर्व र नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त स्वीकृति प्राप्त गरेको सम्पूर्ण सी-आस्वा (C-ASBA) सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरूबाट  कार्यालयबाट आवेदन दिन सक्नेछन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको