पूँजी बजार सुधार र बिस्तारका लागि सेयर लगानीकर्ताहरुले गठन गरेको संघर्ष समितिले आज अपरान्ह ३ बजे नेपाल स्टक एक्सचेन्जको कार्यालय सिंहदरबारमा प्रदर्शन गर्ने भएका छन् ।
समितिका संयोजक तिलक कोइृरालाले अर्थ संसारसँग कुरा गर्दै समितिले अघि सारेका १९ बुँदे माग प्रति सरकारले वेवास्ता गरेकोले प्रदर्शनमा उत्रिनु परेको बताए।
कोइरालाले आफुहरुको आन्दोलनमा सयों लगानीकर्ताको सहभागिता हुने र शान्तिपुर्वक प्रदर्शन गरिने तर सरकारका तर्फबाट बल प्रयोग भयो भने नराम्रो परिणाम उत्पन्न हुने चेतावनी दिए ।
लगानीकर्ताहरुले १९ सुत्रीय माग अगाडि सारी २५ सदस्यीय संघर्ष समिति गठन गरेर आन्दोलन गरिरहेका छन् । उनीहरुले हिजो धितोपत्र बोर्डमा माग पत्र पेश गर्दै तत्काल निर्णय गर्न आग्रह गरेका थिए । कोईरालाले असार १ गतेदेखि हुने आमरण अनशनको पनि नेतृत्व गदैछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस